रुकुमकी पत्रकार टीका विस्ट माथी हमला भएको धेरै दिन पछि सरकारले संकास्पद मानिएका केही मान्छेलाई नियन्तणमा लिएको छ । पत्रकार टीका विष्टलाई आक्रमण गरेको आशङ्कामा अनुसन्धानका लागि शनिबार र आइतबार बिहान वाइसिएल रुकुमका पूर्व अध्यक्ष सुवोध राज शेर्पा सदस्य सुरेश केसीसहित एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।शनिबार साँझ ६:३० बजे सल्ले विमानस्थलबाट केसीसहित पाँच जनालाई पक्राउ गरिएकोमा आइतबार बिहान थप सात जनालाई पक्राउ गरिएको हो । घटनाबारे अहिलेसम्म सम्म ९ जनाको वयान लिइसकिएको उनले बताए ।जिल्ला प्रहरी कार्यालयले आक्रमणका अनुसन्धान गर्न प्रहरी निरीक्षक दिवाकर घिमिरेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसन्धानका लागि एक सय वढि संख्यामा प्रहरीहरु जिल्ला सदरमुकाम तथा आसपासका क्षेत्रमा परिचालन गरिएको छ । पत्रकार विष्टमाथि यही मङ्सिर २३ गते खलङ्गा गाविस मठ गाउँ-१ मा साङ्घातिक आक्रमण भएको थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्