Sunday, December 27, 2009

प्रजातान्त्रिक राष्ट्रिय युवा संघको मतदान आज

नेकपा एमालेको युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सातौं राष्ट्रिय सम्मेलनमा आज नेतृत्वका लागि मतदान हुँदैछ । सिराहाको लहानमा जारी सम्मेलनमा सर्बसम्मत नेतृत्वका लागि गएराति अबेरसम्म गरिएको प्रयास असफल भएको थियो ।
बर्तमान महासचिब इन्द्रलाल सापकोटा र कोषाध्यक्ष महेश बस्नेतले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । बहुपदीय पद्धतिमा जाने निर्णयअनुसार पाँच उपाध्यक्ष, एक महासचिब, तीन सचिब र एक कोषाध्यक्षका लागि निर्बाचन हुनेछ । निर्बाचन समितिका सदस्य जिवछ शाहका अनुसार मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्