Sunday, December 27, 2009

चितावानमा बम बिस्पोट

१३ पुस, चितवन । पूर्वी चितवनको भण्डारामा आज विहान बम बिस्फोट हुँदा एकै परिवारका दुई सदस्यसहित ३ जनाको मृत्यु भएको छ । घटनामा दुई जना गम्भीर घाईते भएका छन् ।
स्थानिय ध्वाँसे राईको घरमा शौचालयको खाडल खन्ने क्रममा बम बिस्फोट हुँदा ४३ वर्षीया जानकी राई, उहाँकी १८ वर्षीया छोरी राममाया र पाहुना आएका हटिया-८ मकवानपुरका १५ वर्षीय किशोर राजकुमार राईको मृत्यु भएको भण्डारा प्रहरीले जनाएको छ ।
विष्फोटनमा घाइते भएका २० वर्षीय रामकुमार राई र अर्का एकजनालाई उपचारका लागि चितवनकै भरतपुर अस्पताल ल्याईएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्