Saturday, January 2, 2010


१९ पुस, काठमाडौं , जनआन्दोलन-२ का योद्धा काठमाडौं सतुङ्गलका विष्णुलाल महर्जनको हिजो बेलुका ५ बजे काठामांडू मोडल अस्पतालमा निधन भयो । उहाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज दिनको १२ बजे सम्म खुलामच्मा राखिने भएको छ । उहालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री माधबकुमार नेपाल, मन्त्रिपरिषदका सदस्य, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र सर्बसाधारणहरुको खुलामञ्चमाँ घुइचो लागेको छं ।
प्रधानमन्त्री नेपालले महर्जनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभयो । खुलामञ्चमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले महर्जनको सरकारले उच्च सम्मान गर्ने बताउनुभयो । ‘यसअघि देखि नै महर्जनलाई जिउँदा सहिदको रुपमा सरकारले मान्दै आएको थियो । उहाँको सरकारले उचित सम्मान गर्नेछ,’ प्रधानमन्त्री नेपालले भन्नुभयो ।
खुलामञ्चमा राखिएको शोक पुस्तिकामा प्रधानमन्त्री नेपालसहित एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलगायतले हस्ताक्षर गर्नुभएको छ । प्रचण्डले शोक पुस्तिकामा महर्जनको सहादतप्रति दुःख व्यक्त गर्दै यो सहादतले नयाँ नेपाल निर्माणको लागि प्रत्येक नेपालीलाई अझ प्रतिबद्ध रहन गभ्मीर बनाएको उल्लेख गर्नुभएको छ ।
२०६३ साल वैशाख ७ गते कलंकीमा जनआन्दोलन २ मा प्रहरीको गोली लागेपछि अर्धअचेत अबस्थामा रहेका थिए । महर्जनको निधनसँगै जनआन्दोलनमा सहिद हुनेहरुको संख्या २५ पुगेको छ । उहाँका श्रीमती, दुई छोरी, एक छोरा छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्