सुमन बगाले
घरमा आएको सानीआमाले कहा गएको पढने बेलामा भनी गाली गर्नुभयो धन्न सानबाबालाइ भने भन्नु भएन । सानबाबालाइ भनेको भए मार्नु हुन्थ्यो । यसरी नै हामी दुबैले प्रथम बर्षको परिक्षा सकायौ । उनी परिक्षा सकिने वित्तिकै गाउ लागीन भने म चाहि अफिसको काममा व्यस्ध भए । त्यति बेला सम्म मैले मुबाइल किनीसकेको थिए उनीले मलाइ फोनमा होइन मुबााइलमा फोन गर्थीन । हामी दुइको दुरी दिनदिनै नजिकिदै थियो । एक दिन मैले सानीआमा सामु कुरा राखेँ । सानीआमाले हुदैन आफनो जातको केटि बिबाह गर्नुपर्छ । उनी मगर जाती हुन भने म चाहि क्षेत्री । अरु मलाइ थाहा छैन बेलुकी सानबाबासँग कुरा गर्छु भन्नु भयो । बडो पढ्ने बेलामा माया पि्रति लाउदै हिड्दोरहेछ भनेर गाली गर्नुभयो । बेलुकी कुरा गर्छु भन्दा खेरी मेरो सातो गएको थियो तरपनि प्रेम हुदैथियो किन डराउने भनेर अड्डी लिएर बसेँ । बेलुकी सानबाबा आउनु भयो कुरा चल्यो । सानबाबाले सबै विवरण सोध्नुभयो मैले उनीको जाने थाहा भएभरको सबै बढाँइचाढाँइ सुनाएँ । हामीले तलाइ यहु पढाउन र कामको पनि केहि ज्ञान हुन्छ भनेर तेरो परिवारसँग सोधेर राखेका हौ । तेरो जिन्दगीको निर्णय हामीमा छैन । दशै नजिकिदैछ घरमा गएर सोधौँला अनी बल्ल निर्णय लिन सकिन्छ । हाम्रो भन्नु केहि छैन । जातभात भनेको आजभोलीको जमनामा कुनै ठुलो कुरो होइन । सानबाबाको कुराले मलाइ चित्त बुझयो । दशैको बिदा भयो । जागीर खाएको पढेकोपनि खुब छुटले म घरमा आएँ । दशैको बेलामा सबै साथीहरुपनि भेट भयो रमाइलोसँग वित्तैथियो दशैको अष्टिमी दिनमा मेरा एक छिमेकी श्रीमान्ले जाड खाएर चलाएको मोटरसाइकल परी दम्पत्तिले घटनास्थलमा नै ज्यान गुमाए । गाउँ नै शोकमय भयो । टिकाको दिन सानबाबा सानीआमा दुबै मेरा घरमा आए । बेलुकी सानबाबाले कुरा निकाल्नु भयो । मेरो मन थरथर कापिरहेको थियो । बाबाले ठाडै इन्कार गरिदीनु भयो । क्रमश…………सुमनसुधा
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्