हङकङ भ्रमणमा रहेका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राति स्वदेश फर्किदै हुनुहुन्छ । पछिल्लो समयमा माओवादीले भारतविरुद्ध स्वाधिनताको आन्दोलन गरिरहेको र मधेशवादी दलहरुको समर्थनमा उसकै नेतृत्वमा सरकार गठन हुने हल्ला चलिरहेको बेला प्रचण्डको अकस्मात हङकङ भ्रमणले मुलुकभित्र ठूलो आशंका र सम्भावना एकैसाथ जन्माएको छ । उहाँ भातृ संगठनको कार्यक्रममा सहभागी हुन हङ्कङ् गएको भनी प्रचार गरिए पनि आज दिउँसो प्रचण्डले चिनियाँ नेताहरुसँग गर्ने छलफलले भ्रमणलाई बढी रहस्यमय बन्न पुगेको छ ।
बिहान ६:४० मा ड्रागन एयरबाट हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका प्रचण्ड र साथमा गएका कृष्णबहादुर महरा दिनभर त्यहाँ बिताएर आज साँझ ५:३५ बजे सोही एयरबाट स्वदेश फर्कने कार्यक्रम छ । उहाँहरु भोली स्वदेश आइपुग्ने माओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । प्रचण्डले साढे तीन महिनाअघि पनि हङकङ भ्रमण गर्नुभएको थियो

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्