२८ पुस, विराटनगर । हतियारसहित पक्राउ परेका एक युवक ईलाका प्रहरी कार्यालय धरानको हिरासतबाटै फरार भएका छन् । प्रहरीको ‘मोष्टवान्टेड’ सूचीमा रहेका १८ वर्षीय उदय लिम्बु गएराति फरार भएका हुन् । अभियुक्त भगाएको आरोपमा प्रहरी जवान श्याम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लिम्बुलाई गत शनिबार वाईसीएल कार्यकर्ताहरुले धरानको पानमाराबाट एकथान एयरगनसहित नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए ।
हिरासतको गेटमा ताला लागेकै अबस्थामा लिम्बु फरार भएको र अनुसन्धानका लागि प्रहरी जवान साहलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
विभिन्न आपराधिक कृयाकलापमा संलग्न लिम्बु यसअघि पनि ईलाका प्रहरी कार्यालय ईटहरीको हिरासतबाट फरार भएका थिए ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्