Saturday, January 9, 2010

बन्धले जनजीवन परभाबित

२६ पुस, काठमाडौं । संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाले आह्वान गरेको उपत्यका बन्दले जनजीवन प्रभावित भएको छ । राजधानी काठमाडौंसहित उपत्यकाका ललितपुर र भक्तपुरमा यातायातका साधन फाट्टफुट्ट सन्चालनमा रहेका छन् । उद्योग, कलकारखाना र शिक्षणसंस्था पनि ठप्प छन् ।
बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै आज विहान आधार्दजन भन्दा बढी यातायातका साधनमा तोडफोड र आगजनी गरेका छन् । काठमाडौंको बाफल क्षेत्रमा सोल्टी क्यासीनोका कर्मचारी बोकेको बा १ क ४६५० नम्बरको बस तोडफोडपछि आगजनी गरेका प्रहरीले जनाएको छ । डल्लीबजारमा बा १ ज ४७११ नम्बरको ट्याक्सी तथा ललितपुरको कुमारीपाटीमा बा १ ख ७०५१ नम्बरको ट्रकमा तोडफोड गरेका छन् । त्यस्तै बालाजुमा बा १ ज ७२०० र पुतलीसडकमा बा १ ज ९०४७ भाडाको ट्याक्सीमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
राजमोका कार्यकर्ताहरुले संघीयताको विरोधमा नाराबाजी गर्दै विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् ।
संघियताले देश टुक्रिने भन्दै राष्ट्रिय जनमोर्चाले यसअघि सेती-महाकाली, भेरी-कणर्ाली, लुम्विनी-राप्ती, गण्डकी-धबलागिरी र नारायणी अन्चल बन्द गराइसकेको छ । तर आजनै नेवा राज्य समितिले बन्दको बिरोध गर्दै मोटर साइकल रेली गरेको छं ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्