Tuesday, January 26, 2010

दासढुङ्गा’ चलचित्रको स्क्रीप्ट फेरियो

केन्द्रीय चलचित्र जाँच समितिले ‘दासढुङ्गा’ चलचित्रमा प्रस्तुत गरिएको कतिपय सम्वादहरू पेश गरिएको स्क्रीप्टभन्दा फरक परेको स्पष्ट गरेको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको दासढुङ्गामा भएको रहस्यमय मृत्युको विषयमा चलचित्र निर्माण र सार्वजनिक प्रदर्शनको अनुमतिका निम्ति समितिमा पुस २७ गते निवेदन दिइएको थियो । निर्माता अपिल विष्टले तयार गर्नुभएको सो चलचित्रमा नेपाल र भारतबीचको मैत्री सम्बन्ध तथा नेकपा एमालेका केही नेताको छविमा आँच पुग्ने किसिमका सम्बाद रहेको बताइएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्