
सानो बेलामा तेति पढ्न रुचि नराख्ने शान्त थपलिय परिवारको करकाप बाट पछि ठूलो भए पछि पढ्न स्कुल गइन । अहिले तिनै शान्त थपलिय पारिवारीक कानुनमा विद्यावारिधि गर्ने पसिहलो नेपाली महिला बन्न पुगिन । उनि परिवारको जेठी छोरी हुन । उनको प्राथामिक शिक्षा इलामबाट भए पनि उनको एस।एल।सी। भने झापाबाट २०१५ सालमा गरेकी हुन । उनले बनारस विश्व विद्यालयबाट बील पास गरेकी हुन त्यसै बेला सुधाकर थपलिया संग उनको बिहे भएको हो ।
बिहे पछि उनि नेपाल फर्किइन नेपाल ल क्याम्पसबाट बीएल पास गरे पछि उनि क्यालिर्फाेनिय बाट एलएलएम गरिन उनले भारतको दिल्ली विश्व विद्यालयबाट पारिवारीक कानुनमा विशेषज्ञ वा विद्यावारिधि हासिल गरिन । उनि न्ययधिस बन्न चाहान्थिन तर उनलाई लेपाली महिलाको अबस्थले गर्दा उनि समाजसेवी बन्न पुगिन । उनले स्थापना गरेको ल्याक नामक सस्थाले गाउ गाउमा न्याय नपाएर बसेका महिलाको उद्धार गरेको छ । धेरै महिलाहरुलाई न्याय दिलाएको छ । उनले नेपाली महिलाको नेतृत्व गर्दै बेइजिङ महिला सम्मेलन गएर महिलाको पक्षमा वकालत गरिन संयुत्त राष्ट्र संघको बैठकमा समेत कुरा उठाउन भ्यएकी शान्त अहिले थला परेकी छन् । के गर्ने रोगले मान्छे चिन्दो रहेनछ उनि भन्छिन सयौ महिलाको हक र अधिकारको लागि लड्दै हिडेकी शान्त अहिले क्यान्सर रोगको उपाचार गर्दै छिन । उनलाई पाठेघरको क्यानसरको उपाचार गर्न राजीव गान्धी अस्पताल भारतबाट उपाचार गरिएको छ । हाल उनि बेला बेलामा उपचार गराउन भारत जानु पर्ने कुरा उनले बताएकी छिन । उनलाई बाच्ने दिन धेरै छैन भन्ने त थाहा छ तर पनि जति बाचिन्छ ती दिनलाई सार्थक बनाउने उनको कथन छ । अहिले उनि आफ्नो जीवनी लेख्दै छिन् ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्