माओवादी लडाकुको समायोजन तथा पुनस्थापना बिशेष समितिले लडाकुको नियन्त्रण कार्यविधि र प्रधानमन्त्रीको कार्ययोजना दुवैमा छलफल सुरु गरेको छ । चेन अफ कमाण्ड कार्यविधिमा प्राविधिक समितिले यसअघि बिशेष समितिमा बुझाएको लडाकुलाई माओवादीको नियन्त्रणबाट मुक्त गरी समितिको नियन्त्रणमा ल्याउने प्रकृया रहेको छ । त्यसैगरी प्रधानमन्त्रीको कार्ययोजनामा ३ महिना २२ दिन भित्र माओवादी सेनाका लडाकुलाई समायोजन र पुनस्थापना गरी सक्ने योजना रहेको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्