७ फागुन, काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब गएका पूर्वी नेपालका १७ युवा ७ दिनदेखि अलपत्र परेका छन् । अलपत्र परेका मध्ये एक गम्भीर विरामी परेका छन् । काठमाडौंको भाटभटेनीस्थित र्यापीड मेनपावरबाट त्यहा पुगेका मोरङ भोगटेनी -८ का जसबहादुर तामाङ तथा रत्नबहादुर तामाङ, इलामका भीम विश्वकर्मा, तह्रथुमका रहरमान श्रेष्ठ, पाल्तेन शेर्पालगायत १७ युवा अलपत्र परेका उनीहरुका आफन्तले बताएका छन् ।
अलपत्र परेकामध्ये जसबहादुर ज्वरोले गम्भीर बिरामी परेका छन् । त्यहा पुगेका युवा खान, बस्न र सुत्न समेत पाएका छैनन् । उनीहरुलाई चाडै नेपाल फर्काउने व्यवस्था मिलाइदिन आफन्तहरुले आग्रह गरेका छन् ।
र्यापीड मेनपावरका प्रबन्धक मोहन सुवेदीमार्फत् जसबहादुर र उनका दाजु रत्नले कूल १ लाख ७० हजार रुपैया तिरेर अरब गएका थिए । जसबहादुरका बाबु खामनारायणले आफ्ना छोरासहित अन्य युवा त्यहा अलपत्र परेको भन्दै प्रबन्धक सुवेदीविरुद्ध उजुरी गरेका थिए ।
बुधबार इटहरीमा वैदेशिक रोजगारीका लागि जनचेतना कार्यक्रम सन्चालन गर्न इटहरी गएका सुवेदीलाई पीडित पक्षको उजुरीको आधारमा प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो । तीन दिनभित्रमा बिरामी जसबहादुरसहित अलपत्र परेका सबै युवाहरुलाई नेपाल फर्काउने सर्तमा प्रहरीले सुवेदीलाई छाडेको छ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्