१८ फागुन, जनकपुरधाम । जनकपुरका सन्चार उद्यमी तथा व्यवसायी अरुण सिंहानियाको सोमबार साँझ हत्या भएपछि जनकपुर बजार स्तब्ध भएको छ । बजार स्वतस्फूर्त बन्द छन् भने यातायातका साधन पनि चलेका छैनन् । उद्योगी व्यवसायी र सर्बसाधारण असुरक्षित महसुस गर्दै आतंकित बनेका छन् । सिंहानियाको शव राखिएको केयर अस्पतालमा सभासद, सर्बसाधारण र पत्रकारहरु भेला भएका छन् । सरकारले सुरक्षा व्यवस्था चुस्त बनाउन नसकेकोले सन्चारकर्मीहरुको श्रृङ्खलाबद्ध हत्या भइरहेको भन्दै पत्रकार र सर्बसाधारण आक्रोशित भएका छन् । जनकपुर ४ घर भएका सिंहानिया जनकपुर टुडे दैनिकका प्रकाशक तथा टुडे सन्चार समूहका अध्यक्ष हुनुहुन्थ्यो । हत्याको जिम्मा तराई जनतान्त्रिक पार्टी मधेसले लिएको छ । गत वर्ष पुस २७ गते सोही संस्थासँग आबद्ध महिला सन्चारकर्मी उमा सिंहको पनि हत्या भएको थियो । यसैबीच स्थानीय प्रशासनले गएरातिदेखि नै जनकपुरलाई नाकाबन्दी गरी अपराधिको खोजी जारी राखेको जनाएको छ । यद्यपी स्थानीय प्रशासनले कसैलाई पक्रन सकेको छैन ।
गत माघ २४ गते मात्रै काठमाडौंको लाजिम्पाटमा स्पेसटाइम नेटवर्कका अध्यक्ष जमिम शाहको हत्या भएको थियो ।
गत माघ २४ गते मात्रै काठमाडौंको लाजिम्पाटमा स्पेसटाइम नेटवर्कका अध्यक्ष जमिम शाहको हत्या भएको थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्