सत्तारुढ दलहरु कांग्रेस, एमाले र फोरम लोकतान्त्रिकले आमहडताल फिर्ताको स्वागत गर्दै राष्ट्रिय सहमति कायम गरी शान्ति र संविधान निर्माण टुंगोमा पुर्याउन माओवादीलगायत सबैमा आह्वान गरेका छन् ।
एमाले अध्यक्ष झलनाथ खनालले आमहडताल स्थगन गर्नुलाई सकारात्मक निर्णय भनेका छन् । साथै उनले राष्ट्रिय सहमति गर्दै राष्ट्रिय सरकार गठन गरी शान्ति र संविधान निर्माणको कार्यभार पूरा गर्ने कार्यमा लाग्न माओवादीलगायत सबै दललाई आह्वानसमेत गरेका छन् ।
'सबैभन्दा पहिले माओवादीले आमहडताल गर्नु जरुरी थिएन । त्यसबाट जुन दुष्परिणाम देखियो, त्यसलाई ध्यानमा राखी फिर्ता लिने निर्णय गरेको छ, त्यो राम्रो र सकारात्मक छ,' खनालले भने, 'म यसको स्वागत गर्न चाहन्छु ।' तर मुलुकको परिस्थिति जटिल र अन्योल रहेको र शान्ति निर्माणको कार्यभार चुनौतीका रूपमा रहेकाले ती पूरा गर्न राष्ट्रिय सहमति अति आवश्यक रहेकामा खनालले जोड दिए ।
'त्यसैले संवादलाई घनिभूत रूपमा अघि बढाउँदै सहमति कायम गरेर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने दिशामा शीघ्र अघि बढ्न म माओवादीलगायत सबै राजनीतिक दललाई आह्वान गर्छु,' उनले भने ।
कांग्रेसले पनि आमहडताल स्थगनलाई सकारात्मक रूपमा लिएको छ । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आमहडतालबाट आम जनतालाई कष्ट भइरहेकामा महसुस गरेर फिर्ता लिनु सकारात्मक भएको प्रतिक्रिया दिए ।
'आम जनताले कष्ट पाइरहेका छन् । जनतालाई दुःख नदेऊ भनेर हामीले माओवादीलाई आग्रह गरिरहेका थियौं,' शुक्रबार राति पौडेलले कान्तिपुरसँग भने, 'त्यसअनुसार आमहडताल फिर्ता लिएका छन् ।'
आमहडताल मात्र फिर्ता लिए पनि आन्दोलन जारी राखेकाले त्यो कसरी अगाडि बढाउँछन् भन्ने अध्ययनपछि मात्र माओवादीप्रतिको दृष्टिकोण बन्ने उनले बताए । 'अब अगाडिका आन्दोलन कसरी अघि बढाउँछन्, त्यसको अध्ययन गर्नेछौं,' पौडेलले भने, 'हामी माओवादीसँग शान्ति र संविधानका लागि वार्ता जारी राख्नेछौं ।'
फोरम लोकतान्त्रिकका प्रवक्ता जितेन्द्र देवले आमहडताल स्थगनलाई सकारात्मक दिशाउन्मुख निर्णय भएको बताए । 'यो सकारात्मक निर्णय हो,' उनले भने, 'अब तीनवटै ठूला दलसँग चाँडै सहमतिको जोडदार अपिल गछौं ।'
यसैगरी नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्वर आफ कमर्स तथा अन्य विभिन्न संघ संस्थाले पनि आमहड्ताल फिर्ता भएकोमा स्वागत गर्दै सहमतिको राजनीतिलाई अघि बढाउन आग्रह गरेका छन् ।
यसैबीच नागरिक समाजका अगुवा श्याम श्रेष्ठले कांग्रेस, एमालेले सहमतिको वातावरण चाहेका हुन् भने आमहडताल स्थगित गर्नुले वातावरण बनेको बताए । 'संसद्वादी दलहरूले भनेको साँचो हो भने यसले सहमतिको वातावरण बनाउँछ,' उनले कान्तिपुरसँग भने, 'माओवादीलाई झुकाएको ठाने भने त्यो

गल्ती हुनेछ ।
साभार :कान्तिपुर
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्