काठमाडौं जेष्ठ १४ - नेपाली जनताले लडेरा आएको संबिधान सभाको म्याद आज सकिदै छं । माओवादीको १० बर्षे जनयुद्ध र १९ दिने लोकतान्त्रिक आन्दोलनको उपलब्धी संविधानसभाको समयसिमा केही घण्टा मात्र बाँकी छ । नयाँ वानेश्वरस्थित संविधानसभा भवनमा सभासद्हरु आउने क्रम जारी छ । उनीहरुको अनुहारमा कान्ति देखिन्न । कहि कतै केही हराए जस्तो मलिन अनुहार बनाएर उनीहरु आइ रहेका छन् । सञ्चारकर्मीहरुको भीड बढ्दै गएको छ । त्यसैगरी संविधानसभा बाहिर पनि मानिसको उपस्थिति बढ्दै छ । सबैका आँखामा अनिश्चितता र अन्योलता देखिएका छन् । सबैको एउटै प्रश्न छ, 'अव के हुन्छ ।' पास पाएर संविधानसभा भवन भित्र पसेको सर्वसाधारण, सभासद् तथा नेताहरुका सहयोगी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु सभासद्हरुलाई भेट्नसाथ सोध्छन्, 'केही भयो ।' यही बीचमा काँग्रेसको पदाधिकारी र एमालेको संसदीय दलको बैठक सकिएको खवर आएको छ । सबैका कान ठाडा भएका छन्, 'तर, नयाँ निर्णयहरु केही भएको छैन ।' उनीहरुले पुरानै अडान राखेर संविधानसभाको म्याद थप्न माओवादीलाई पुन आग्रह गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल यसअघि नै संविधानसभा भवन प्रवेश गरी सकेका छन् । उनी बिहीबार स्थायी समितिले गरेको निर्णयमा अडिग हुँदै आएका छन् । स्थायी समितिको निर्णय थियो, 'पहिला शान्ति र संविधानको सुनिश्चितता, त्यसपछि मात्र संविधानसभाको म्याद थप ।' बिज्ञप्तिमा नलेखिएको तर, अर्को निर्णय राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीको राजीनामा ।
सभासद्हरु आउने क्रम बढ्दै गएको छ । यसैबीच प्रधानमन्त्री माधवकुमार नेपाल संविधानसभा भवन प्रवेश गरेका छन् । काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पनि प्रवेश गरेका छन् । केही टिभीहरु प्रत्यक्ष प्रशारणको लागि तयारी गरिरहेका छन् । सञ्चारकर्मी, सभासद् तथा अन्य व्यक्तिहरु पनि झुण्डा झुण्डामा कुराकानी गरिरहेका छन् । कतिपय सभासद्हरु सामुहीक फोटो खिचिरहेका छन् । भनि रहेका छन्, 'यो ऐतिहासिक फोटो पो हुने हो की ?'
भवनको पश्चिम ढोका छेउमा धर्ना दिनेहरु बसेका छन् । संविधानसभाको हत्या गर्न नपाइने माग गर्दै नेपाल आदिवासी जनजाति महासंघको अनिश्चितकालिन धर्ना शुक्रबार तेस्रो दिन पनि जारी छ । सभासद् अभिषेक प्रताप साहको अनिश्चितकालिन अनसन पनि तेस्रो दिन कायमै छ । कलाकारहरुको एक समुहले दलका नेताहरुलाई व्याङ्ग्य गरिएको कार्टुनहरुको प्रदर्शनी गरिरहेको छ । मानव अधिकारकर्मीहरुको समुहपनि व्यानर बोकेर ढोकाको छेउमै उभिएको छ । सबैको माग छ, 'संविधानसभाको म्याद थप ।'
अन्तरिम संविधानले जेठ १४ गते नयाँ संविधान जारी गर्ने मिति तोकेर दुई वर्षको समयसिमा दिएको थियो । यस दुई वर्षको अवधीमा दलहरुको सत्ता तानातानमा संविधान निर्माण कार्य पुरा हुन नसकेपछि संविधानसभाको म्याद थप्ने विषयमा निर्णय हुन नसक्दा नेपाली जनता अन्योल मात्र छैनन् निराश पनि हुन थालेका छन् ।
संविधानसभाको एक बर्ष म्याद थप्ने प्रस्ताव सरकारले संसदमा दर्ता गरेको छ । माओवादीले शान्ति र संविधानको सुनिश्चितताका लागि राष्ट्रिय सहमतिको सरकार बन्ने निश्चित नभएसम्म संविधानसभाको म्याद नथप्ने अडान राखेको छ । त्यसका लागि प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिनुपर्ने माग छ । तर, सत्तारुढ दलहरु काँग्रेस र एमालेले भने माओवादीको उक्त मागलाई संविधानसभासंगको सौदावाजी भन्दै प्रधानमन्त्रीले कुनै हालतमा राजीनामा नदिने बरु माओवादीले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउने र लोकतान्त्रिक संविधान निर्माणको सुनिश्चितता गर्नुपर्ने अडान राखेका छन् । काँग्रेस र एमालेले समायोजनमा जाने माओवादी लडाकुको संख्या तोक्नु पर्ने र लोकतान्त्रिक संविधानको आधारभूत सिद्धान्तहरुमा सहमति जनाउनु पर्ने सर्त माओवादीसंग राखेको छ । यि तीन दलको आ-आफ्नै अडानहरु कायम रहेकाले अन्योल झन बढ्दै गएको छ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्