Wednesday, May 5, 2010

बन्दको बिरोध गर्दा गोली चलो

भैसख २२ , बन्दको समर्थन र विरोधमा प्रदर्शन भइरहेका बेला भक्तपुरमा दुई राउण्ड गोली चलेको छ । सूर्यबिनायक, तौमडी , दरवार स्क्वायर हुदै चोंछेतिर बढेको प्रर्दशनलाई लक्षित गरेर वडा न . ९ मा गोली चलाएको माओवादीले दाबी गरेको छ । एमाले सम्बद्ध युवा संघका अध्यक्ष महेश बस्नेतले बन्दको प्रतिकारमा उत्रेको प्रदर्शनमाथि माओवादीतर्फबाट गोली चलेको बताए ।
बस्नेत समेतको सहभागितामा बन्दको विरोधमा भक्तपुरमा र्‍याली प्रदर्शन गरिएपछि माओवादी कार्यकर्ताहरुले पनि ठूलो संख्यामा जम्मा भएर प्रदर्शन गरेका थिए । समर्थन र विरोधको प्रदर्शनहरुले भक्तपुर तनावग्रस्त बनेको छं । बन्द समर्थकहरुको ठूलो उपस्थिति भएपछि प्रतिकारमा उत्रिएको र्‍याली तितरबितर भएको थियो ।घटनाको विषयमा युथफोर्सले पनि पत्रकार सम्मेलन गर्दैछ । भक्तपुरका एसपी पुष्पचन्द्र रन्जितले एक राउण्ड गोली चलेको पुष्टी गरेका छन् । घटनास्थलबाट एक थान खोका बरामद भएको उनले जानकारी दिए । कुन पक्षबाट गोली चलेको हो त्यसको अनुसन्धान भइरहेको उनले बताए ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्