
अस्पताल परिसरमै रहेको उनको क्वार्टर छेउछाउ एकीकृत माओवादीका कार्यकर्ता खटिएका छन्। माओवादीका जिल्लास्तरीय नेताहरूलाई पटक-पटक छलफल गरिरहेको अवस्थामा सञ्चारकर्मीले फेला पारेका छन्। 'परिवारसँग भेटघाटका लागि कोही नयाँ व्यक्ति श्रेष्ठ निवास पुग्दा माओवादी कार्यकर्ताले एक्लै छाड्दैनन्,' उच्च सुरक्षा स्रोतले भन्यो, 'तेस्रो व्यक्तिले सोधे परिवारका सदस्य ती सुराकीका मुखतिर हेर्छन् र केही बोल्दैनन्।'
सञ्चारकर्मीले पनि माओवादीको अनुमति लिएर मात्रै परिवारलाई भेपाउने पाउने गरेका छन्। क्वार्टरमा भेट्न आउनेको नामावली संकलन गर्न थालिएको छ। प्रहरीले पनि घर माओवादी घेराबन्दीमा रहेको भन्दै परिवारलाई सुरक्षा दिइरहेको बताएको छ। 'जेमा पनि माओवादी हस्तक्षेप छ,' प्रहरी स्रोतले भन्यो।
भरतपुर क्यान्सर अस्पतालको क्वार्टरमा श्रेष्ठपत्नी शिलु र जेठी छोरी जुलिया छन्। त्यहाँ शिलुकी आमा विष्णुलक्ष्मी र बाबु वृजकुमार श्रेष्ठ पनि आएका छन्। कान्छी छोरी, बुबा चन्द्रमान र आमा मिश्री श्रेष्ठ भने भरतपुरस्थित घरमै छन्। परिवारका लागि गेटबाहिर रहेको आँपको रुखमुनि बसेर सुरक्षागार्डले सुरक्षा दिइरहेका भेटिन्छन्।
श्रेष्ठपत्नीसँग अस्पतालकी माओवादी निकट स्वास्थ्यकर्मी अनुपा थापा पनि छन्। थापाले गत शुक्रबार पनि सञ्चारकर्मीहरूलाई शिलु बिरामी भएको भन्दै भेट्न रोकेकी थिइन्। माओवादीको बन्द कार्यक्रम र नागरिक जलाउने कार्यक्रममा समेत उनी उपस्थित थिइन्। खबरै नगरी पुगेका सञ्चारकर्मीसँग कुरा गर्दा शिलुलाई बारम्बार फोनबाट समेत धेरै कुरा नगर्न दबाब आएको प्रस्टै देखिएको थियो। 'परिवारसँग सञ्चारकर्मीले कुरा गर्न लागे अर्को व्यक्ति आएर रोक्ने गरेका छन्,' एक सञ्चारकर्मीले भने।
अस्पताल सञ्चालक समिति सदस्य प्रेम रिमालले सञ्चारकर्मीसँग कुरा गरिरहेका बेला बोल्न नदिई श्रेष्ठपत्नी शिलुलाई उठाएर भित्र लगेका थिए। रिमाल एकीकृत माओवादीका सदस्य हुन्। माओवादी सरकारकै पालामा उनले अस्पताल सञ्चालक समितिमा प्रवेश पाएका हुन्। सदै भरी कसैको पनी राम्रो बना सकिदैना तेसैले निर्दोस मान्छेलाई पीड़ा दिनु कतिको जायज होयो माओबाधिले बुझनू पर्छ यही घटनाले उसको सबै करतूत बहिरा नाओस
सहयोग :नागरिक न्यूज़
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्