कार्तिक ११ - प्रधानमन्त्री माधवकुमार नेपालले आज पोखरामा माओवादीले सहमतिबाट पछाडि हटेर विद्रोहको तयारी गर्न लागेको हुन सक्ने शंका ब्यक्त गरेका छन । माओवादीले सैन्य संरचना कायम राखि रहना चाहनाले पनि विद्रोहको तयारीमा लागेको हो की भन्ने आफूलाई लागेको उनले बताए ।लगीको मात्र भरमा यो कुरा गरेको होइना प्रधान मंत्रिले भने सबै कुरा माँ उसको ब्याबहार तेस्तै छं .
'प्रधानमन्त्री चयन गर्न नसक्ने, देशलाई बजेटविहीन बनाउन खोज्ने, क्यान्टोन्मेन्टमा सेना र हतियार राख्ने र लडाकुका कमाण्डरहरु थाही नपाई विदेश गैरहने जस्ता कृयाकलाप कतै माओवादीको विद्रोहको पूर्व तयारी त हैन' उनले भने । कुलपतिका हैसियतले पोखरा विश्वविद्यालयको ११औं सभाको सभापतित्व ग्रहण गर्न आउने क्रममा विहीबार पोखरा विमानस्थलमा प्रेस चौतारीको पत्रकार भेटघाटमा उनले बजेट सम्बन्धमा माओवादी गैर जिम्मेवार र अनुत्तरदायी बनेको आरोप लगाए । माओवादीले बजेट ल्याउन नदिएर मुलुकमा विकास निर्माणको काम ठप्प पार्ने र हजारौंलाई बेरोजगार बनाएर मुलुक तहसनहस पार्न लागेको उनको आरोप थियो । ठूलो पार्टी भनेर दावी गर्ने माओवादीले सहमतिको लागि पनि अघि सर्नुपर्ने भन्दै उनले एमाले सधै सहमतिको पक्षमा रहेको दावी गरे ।
प्रधानमन्त्री नेपालले चीन भ्रमणमा गएका माओवादी सेनाका कमाण्डरसंग स्पष्टीकरण सोध्ने मात्रै भनेको तर कारवाहीको कुरा नगरेको बताए । राज्यको पैसा खाएका लडाकुहरु मनपरी हिड्न पाईदैन भनेको बताउँदै उनले अनमिनलाई विदाई गर्नु अघि नै शान्ति प्रकृया टुंगोमा पुर्याईने र त्यो अन्तिम चरणमा पुगेको दावी गरे ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्