Wednesday, October 27, 2010

भारतीया जनताको नाम बाट नेपाली प्रहरी चौकी माथी हमला

 कार्तिक ११ - हामी स्वतंत्र सार्बभौम सम्पन्न नेपाली भन्छौ तर हेर्नुस त  रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा पर्ने करौता प्रहरी चौकीमा सिमावर्ती भारतका स्थानियसीन्दाको एक समूहले विहान ढुंगामुढा र तोडफोड गरेका छन् । के अचम्म हो यो स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर सम्म गर्नु परो  ।

प्रहरीका अनुसार, खाद्यान्नको सामान लिएर नेपाल तर्फ आइरहेका एक जना भारतीय नगरिकले गश्तीमा रहेको नेपाल प्रहरीलाई देखेपछि सामान त्यही छाडेर भारततर्फ फर्केको केही वेर पछि करिव २० जनाको समूह नेपालतर्फ आएर करौता प्रहरी चौकीमा ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न थालेका थिए । सानो देश भएपछि तो देशको सरकारले मात्र होइना सम्मान्य जनताले पनि हेप्छ्न  .
प्रहरी चौकीमाथि ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न थालेपछि नेपालतर्फका स्थानीय वासीन्दापनि एकबद्ध भई प्रहरीलाई साथ दिएर भारतीय समूहलाई लखेटेका थिए । प्रहरी चौकीमाथि तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन बाध्य भई केही राउण्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले बताए । घटनाको यथार्थ विवरण आउन बाँकी छ । प्रहरी नायब उपरीक्षक भोजबिक्रम शाह घटनास्थल गएका छन् । करौता प्रहरी चौकी नेपाल-भारत सिमानादेखि करिव एक किलोमिटरको दुरीमा छ. कतई यो सानो घटना ठुलो मूस्लो नबनोस भारतीय साकार र उसका जन्तामा हेक्का होस .

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्