Wednesday, October 27, 2010

नेपालमा आईएसआईको सञ्जाल भएको भारतको आरोप

काठमाडौ, कार्तिक ११ - भारतको राष्ट्रिय अनुसन्धान  गर्ने  संस्था (एनआईए) ले नेपालमा पनि पाकिस्तानी गुप्तचर संस्था आईएसआई (इन्टर सर्भिसेज इन्टेलिजेन्स) को सञ्जाल रहेको आरोप लगाएको छ । उसले भनेको छं पाकिस्तानी मूलका अमेरिकी नागरिक डेभिड कोलेमन हेड्लेको बयानको हवाला दिँदै एनआईएले यस्तो आरोप लगाएको हो । अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले भारतको मुम्बईमा सन् २००८ मा भएको बम विस्फोटका योजनाकार मानिएका पृथकतावादी समूह लस्कर ए तोइबासम्बद्ध हेड्लेलाई अक्टोबर २००९ मा पाकिस्तान जाँदै गर्दा सिकागोबाट गिरफ्तार गरेको थियो ।

भारतीय अखबार 'दि टाइम्स अफ इन्डिया' ले बुधबारको अनलाइन संस्करणमा एनआईएले हेड्लेसँग लिएको एक सय ६ पृष्ठ लामो बयानको हवाला दिँदै पाकिस्तानको कराँचीमा जस्तै नेपालमा पनि आईएसआईको व्यापक सञ्जाल रहेको समाचार प्रकाशित गरेको छ । हुन त भारतले   यस अघि पनि यस्ता थुप्रै आरोपहरू नेपाल माथि लगौदै आएको छं . 
'आईएसआईले भारतविरोधी अभियानका लागि कराँची मात्र होइन, नेपाली र तिनका भारतीय नातेदारलाई जागिर दिएर लस्करमार्फत नेपालमा पनि आफ्नो दह्रो सञ्जाल बनाएको छ,' समाचारमा दाबी गरिएको छ । समाचारमा आईएसआईले आवश्यक परेको बेला प्रयोग गर्ने गरी नेपाली मुस्लिम समुदाय, तिनका भारतीय मित्र तथा आफन्तमार्फत सञ्जाल चलाइरहेको आरोप लगाइएको छ । 'पाकिस्तानी सेनाका पूर्वमेजर अब्दुर रहमानले मुस्लिम समुदायको जनसंख्या बढी रहेको नेपालको पूर्वी क्षेत्रमा एउटा सञ्जाल नै बनाएका छन् । त्यसको र कराँची सञ्जालबीच नजिकको समन्वय छ । र, दुवै सञ्जाल रहमानमार्फत सञ्चालित छन्,' हेड्लेको बयान भन्दै प्रकाशित समाचारमा छ, 'नेपालमा एक जना पापु नामका व्यक्ति छन्, उनको भारतमा बस्ने छोरा रहमानका एम महत्त्वपूर्ण सहयोगी हुन् ।' पूर्वगृह राज्यमन्त्री मोहमद रिजवान अन्सारीले अपराधीहरू सबै जात, धर्ममा हुने बताए । 'त्यसैले नै अपराधी, आतंकवादीको कुनै जात, धर्म हुँदैन भनिएको हो, जुन जात, धर्मको भए पनि अपराधी, अपराधी नै हो । तर नेपालका मुस्लिम समुदायलाई आईएसआई वा आतंकवादीमात्रै देख्ने आँखामै खोट छ,' उनले भने, 'मेरो कार्यकालमा मैले नेपालका मुस्लिम समुदायको आतंकवादसँग सम्बन्ध भएको फेला पारेको छैन ।'
एनआईएको प्रतिवेदनलाई उद्धृत गरिएको समाचारमा रहमानले नेपाल सञ्जालको प्रयोग गरी भारतको दिल्लीस्थित नेसनल डिफेन्स कलेज (एनडीए) मा आक्रमण गर्ने योजना बनाएको दाबी गरिएको छ । साथै रहमानले सन् २००५ र ०६ मा गरी दुईपटक नेपाल भ्रमण गरेको दाबीसमेत गरिएको छ । पाकिस्तानी सेनाको मेजर पदबाट २००७ मा अवकाश पाएपछि लस्कर ए तोएबासँग सम्बद्ध रहमान विभिन्न आतंकवादी क्रियाकलापमा संलग्न रहेको भन्दै अमेरिकाको एफबीआईले उनको खोजी गरिरहेको छ । नेपाली सेनाको गुप्तचर निकायका पूर्वप्रमुख तथा सहायकरथी दिलीप रायमाझीले नेपालको नीति निर्माण गर्ने तह आफू अनुकूल नहुँदा भारतीय पक्षबाट यस्ता आरोप लगाइने गरेको बताए । साँच्चै नेपालमा आईएसआईको सञ्जाल छ भने भारतले नेपाली सुरक्षा निकायलाई त्यसमा कोको संलग्न छ, कहाँबाट सञ्चालित छ भनेर जानकारी गराउन सक्नुपर्छ । नेपालको सुरक्षा निकायले त्यसलाई नियन्त्रण गर्छ ।'
'अमेरिकाले पर्याप्त जानकारी नदिएर हामीलाई निराश बनाएको छ । एफबीआईलाई हेड्लेबारे पहिल्यै जानकारी रहेछ । मुम्बई विस्फोट (२००८) अघि र पछि पनि अमेरिकाले उसबारे पर्याप्त जानकारी दिएन । नत्र २००९ मार्चमा भारत आएका बेला हेड्लेलाई हामी यहीं गिरफ्तार गर्ने थियौं,' सीएनएन-आईबीएनको बुधबारको अनलाइन संस्करणमा प्रकाशित उनको अन्तर्वार्तामा छ । पटक-पटकको अनुरोधका बाबजुद गिरफ्तारीको एक वर्ष बित्दासमेत अमेरिकाले हेड्लेलाई भारतसमक्ष बुझाएको छैन । उनी अहिले पनि अमेरिकी सुरक्षा निकायको नियन्त्रणमै छन् । सन् १९६० मा जन्मेका पाकिस्तानी मूलका दाउद सैयद गिलानी नै डेभिड कोलेमन हेड्ले हुन् । पाकिस्तानी सेनाका पूर्वअधिकृत दाबी गरिएका उनले आतंकवादी गतिविधिमा संलग्न भएपछि परिचय लुकाउन नाम परिवर्तन गरेका हुन् ।
स्रोत : कान्तिपुर र टाइम्स अफ इन्डिय    


No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्