Saturday, October 30, 2010

आयरल्याण्डमा बस्ने नेपाली लाइ बेवस्था गर्यो दुताबासले

नेपालीहरुको भनाई अनुसार नेपाली राजदुताबास लण्डन र एनआरएन युके जस्ता ठुला संस्थाले उत्तरी आयरल्याण्डमा बस्ने नेपालीलाई बेवास्ता गरेको त्यहाका नेपालीहरुले आरोप लगाएका छन । अहिले सम्म आयार्ल्यंड  बाट  नारायण कंडेल दिएको जानाकारी अनुसार हाल त्यो 
क्षेत्रमा एनआरएन र दुताबासबाट कुनै गतिबिधी गरिएको छैन । हाल सम्म कुनै औपचारिक कार्यक्रम समेत भएको छैन ।
आयरल्याण्डबासी नेपालीहरुले स्वफुर्तरुपमा वेलफास्टमा तिहार स्पेसल कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा देउसी भैलो लोकदोहोरी जस्ता सास्कृतिक झलकहरु प्रस्तुत हुनेछन् । तिहारका उपलक्ष्यमा सात नोभेम्बरमा आयोजना गरिने यो पहिलो नेपाली कार्यक्रम हो । उत्तरी आयरल्याण्डमा लगभग २०० जना नेपाली हरु बसोबास गर्दछन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्