Saturday, October 30, 2010

नेपालमा फस्ताउदो मेडिकल शिक्षाको ब्यापार

काठमाडौ, कार्तिक १४ - बीस वर्षअघिसम्म एमबीबीएस पढ्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्ज धाउनु पथ्र्यो । ४० जना विद्यार्थी क्षमताको संस्थानमा अवसर नपाए झिटी गुन्टा बोकेर विदेशिनुको विकल्प थिएन । पछिल्लो बीस वर्षमा अवस्था फेरिएको छ, एमबीबीएस पढ्न विदेशिनु वा त्रिविको संस्थान नै कुरिरहनु पर्दैन । घरकै मानो खाएर स्वदेशमै खुलेका मेडिकल कलेजबाट डाक्टर बन्न सकिन्छ । त्यसका लागि देशभर विभिन्न विश्वविद्यालयको सम्बन्धनमा पाँच डेन्टलसहित २० वटा मेडिकल कलेज हाजिर छन् ।तर पनि कती नेपाली बिध्यर्थिहरू बिदेसिएका छन . बिदेशमा पदर आए बमोजिम नेपाला माँ प्रबिधि नामिल्ने भएको कारण नेपालमा कम पौना मुस्किल छं . 
मेडिकल कलेजको भर्ना बेला भएकाले अहिले निजी कलेजले धमाधम र्फम बाँडिरहेका छन् । अधिकांश कलेजमा विद्यार्थी चाप छ । ४० देखि १ सय ५० जनासम्म भर्ना लिने निजीमा २ देखि ५ सय विद्यार्थीले इन्ट्रान्स फारम भर्छन् । निजीमा अध्ययनको आवेदन दिन त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानको प्रवेश परीक्षा उत्तीर्ण भएको हुनुपर्छ । संस्थानको ४० सिटका लागि बर्सेनि ४ देखि ६ हजारले प्रवेश परीक्षा दिने गरेका छन् । यसले पनि मेडिकल शिक्षाको फस्टाउँदो व्यापारलाई झल्काउँछ ।    

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्