
शोभराज चर्चामा रहनुको कारण अपराध मात्र भने होइन ।
पछिल्लो समयमा अपराध भन्दा पनि एक किशोरीसँगको प्रेम सम्बन्धका कारण उनी बढी चर्चामा छन् । २० वर्षिया नेपाली युवती निहिता विश्वाससँग ६६ वर्षीय शोभराजको प्रेम वास्तवमै अनौठो छ । अर्का अनौठो हाल के पाइएको छ भने उनीहरुको प्रेमसम्बन्ध पछिल्लो समयमा आएर चिसिएको छ । दुई महिनाअघि सर्वाेच्च अदालतले शोभराजको मुद्दामा उनलाई सर्वस्वसहित जन्मकैद सुनाएपछि उनीहरुको प्रेमपनि असफलतातर्फउन्मुख भएको शोभराज निकट स्रोतले जनाएको छ । शोभराजविरुद्ध सर्वाेच्च अदा्लतले जन्मकैदको फैसला गरेपछि अदालत परिसरकै न्यायधीशविरुद्ध ब्लडी जजेज भन्दै गाली गरेकी निहिता अदालतको मानहानी अभियोगमा आमा शकुन्तला थापासँगै जेलमा पनि परिन् । निहिताकी आमा शकुन्तला शोभराजको पक्षमा बहस गर्दे आएकी कानुन व्यवसायी हुन् । अदालतको मानहानी अभियोगमा एक हप्ता हिरासतमा बसेर तीन हप्ताअघि मात्र उनीहरु धरौटीमा रिहा भएका थिए ।
यो घटनापछि उनीहरुबीचको सम्बन्ध चिसिएको सुत्रहरुले बताएका छन् ।ुअब शोभराजको पछि लागेर केही हुन सक्दैन भन्ने निष्कर्षमा उनीहरु पुगेको हुनुपर्छु शोभराजको मुद्दामा बहस गरेका एक सरकारी वकिल भन्छन् त्यसकारण निहिताले पनि शोभराजको बारेमा चासो लिन छाडेकी छिन् । यसअघि पुर्पक्षका लागि सुन्धारा जेलमा रहेका शोभराजलाई प्रत्येक हप्ता भेट्न निहिता खानेकुरा लिएर जानेगरेकी थिइन् । जर जेल सुत्रका अनुसार निहिता हिसासतबाट छुटेपछि शोभराजलाई भेट्न गएकी छैनन् । यसले पनि उनीहरुबीचको सम्बन्धमा दरार आएको स्पष्ट हुन्छ ।
निहिता सग उनको प्रेम कि नाटक
शोभराजलाई सम्बोधन गर्दा निहिताले श्रीमान् भन्ने गरेकी छिन् भने शकुन्तलाले ज्वाई । दुई वर्षअघि दशैंको टिकाको दिनमा सुन्धारामा जेल शोभराज र निहिताको बिहे भएको उनीहरुले बताउँदै आएका छन् । तर जेल प्रशासनले भने उक्त कुराको खण्डन गरेको थियो । यदि बिहे गरेको भए पनि त्यो नेपाली कानुनअनुसार मान्य हुँदैन । किनकी नेपालको कानुनअनुसार २० वर्षभन्दा माथिउमेरको अन्तर रहेमा त्यस्तो बिहेलाई प्रशासनले स्वीकार्दैन । तर शोभराज र निहिताबीच ४४ वर्षको उमेर अन्तर छ । त्यसकारण पनि उनीहरुले अदालतले शोभराजलाई रिहा गर्ने र त्यसपछि शोभराजको देश प्रुान्समा गई बिहे गर्ने बताएका थिए । निहिताले पनि संचारमाध्यममा त्यही कुरा बताउँदै आएकी थिइन् । निहिताले संचारमाध्यममा दिने गरेको अन्तरवार्ता र अदालतमा पोखेको आक्रोश हेर्ने हो भने उनी साँच्चै शोभराजसँग प्रेम गर्छिन् भन्ने अनुमान लगाउन सकिन्छ । दुई वर्षअघि देशका प्रमुख संचारमाध्यमहरुमा अन्तवार्ता दिदै निहिताले शोभराजको मिजासिलोपनले आफुलाई आकर्षण गरेको र उसलाई सच्चा मनले माया गर्ने बताएकी थिइन् । ुप्लस टु पास गरेपछि म पार्ट टाइक कामको खोजीका थिए अनुवादकको काम गर्न थाले त्यही क्रममा सुन्धारा जेलमा मेरो शोभराजसँग भेट भयो र पहिलो भेटमै हामी नजिकिऔं । त्यसपछि भेटघाट बढ्दै गएपछि प्रेम पनि बढ्दै गएको हो दूई वर्षअघिको अन्र्तवार्तामा उनले बताएकी थिइन् । त्यतीखेर शोभराजले इन्गेजमेन्टमा दिएको हिराको औंठी पनि देखाएकी थिइन् ।
के उनीहरुबीच साँच्चै प्रेम छ त
अझै पनि धेरैले यो प्रश्न गरिरहेका छन् । अपराध अनुसन्धानमा दख्खल प्रहरी अधिकारीहरु भने जेलबाट छुट्नका लागि शोभराजले प्रेमको नाटक गरेको हुनसक्ने बताउँछन् । निहितालाई प्रेमको आवरणमा उसले कुनै आश्वासन दिएको हुनसक्छु नेपाली प्रहरीका एक अधिकृत बताउँछन् । कतिपय भने चर्चाकै लागि उनले यो प्रेमको नाटक गरेको हुनसक्ने बताउँछन् । किनकी करिब ४० वर्ष लामो अपराधको शिलशिलामा सधैं उनी अनौठा कारणले चर्चामा रहने गरेका छन् । हालसम्मका अपराधमा उनले एकदमै चलाखी अपनाएका छन् । त्यसकारण शोभराजको कुख्याती विश्वमा यतिसम्म छ कि उनको विषयमा किताब लेखिएका छन् वृत्तचित्र र चलिचित्र बनेका छन् । उनी आफ्नो अन्र्तवार्ता लिनका लागि समेत पैसा लिने गर्दछन् । मानवीय प्रभाव कलाको निपुण शोभराजले ठुलो आश्वासन दिएर शकुन्तला र निहितालाई आफ्नो हातमा लिएको धेरैका अनुमान छ । नत्र ६४ वर्षिय शोभराजसँग २० वर्षकी निहिताले प्रेम र बिहे गर्ने आधार देखिदैन । शोभराजको घटनाको अनुसन्धान गरेका पूर्वप्रहरी अधिकृत एवं अधिवक्ता विश्वलाल श्रेष्ठ भने शोभराज माष्टर माइन्ड भएको व्यक्ति बताउँदै प्रेमलाई पनि उसले रणनीतिक रुपमा प्रयोग गर्न खोजेको हुनसक्ने बताउँछन् ।
यस्तो हो शोभराजको वास्तविकता
बिकनी किलरको रुपमा पहिचान बनाएका शोभराजको जीवन जति अनौठो र रहस्मय छ उनको जन्म पनि त्यस्तै छ । अविवाहित आमाको सन्तानको रुपमा सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मुलका हुन् । पछि उनलाई आमाको प्रेमी जो फेन्च्र सेनाको लेफ्िटनेन्ट थिए ले हुर्काएका थिए । उनको वास्तिविक नाम चाल्स्र गुरुमुख शोभराज हो । बाल्यकाल उनले फ्रांस मै बिताए । पर्याप्त पारिवारित वातावरण पाउन नसकेकाले उनी सानैदेखि फरक व्यवहार देखाउने गर्दथे र सानैदेखि अपराधका गतिविधिमा लागेका हुन् । उनले पहिलो अपराध सन् १९६३ मा १९ वर्षको उमेरमा गरेका थिए । पेरिसको एक घरमा गरेको चोरी उनको अपराधिक जीवनको पहिलो खुट्किलो थियो । जसमा उनी असफल भए र करिब १ वर्ष जेल बसे । जेलमा उनले आफुलाई बिशेष व्यवहार गर्न जेलका अधिकारीलाई बाध्य बनाए । प्रुान्सको त्यही जेलमा उनको जीवनको अर्काे महत्वपूर्ण घटना घट्यो । उनले त्यहाँ त्यहाँको अन्डरवल्र्ड समूहका सदस्य फिलिक्स इसकोन्जिसँग भेटे । जेलबाट दुवै जना छुटेपछि त्यहाँको अन्डरवल्र्ड समूहसँग मिलेर शोभराजले काम गर्न थाले र पेरिसका धनी व्यक्तिसँग संगत बढाउनुका साथै उच्च वर्गको बारेमा धेरै सूचना बटुले । त्यसपछि एकपछि अर्काे गर्दे पेरिसका ठुला चोरीका घटनामा उनले सफलता पाए । यो शिलशिला करिब ७ वर्ष चल्यो । त्यही बीचमा उनको चान्तास नामक युवतीसँग भेट भयो उनले प्रेमको प्रस्ताव राखे र युवतीले सहजै स्वीकारिन् र पछि उनीहरुले बिहे गरे । उनी सग पनि उनको सम्बन्ध धेरै तिक्ना सकेन र छित्ती उनिहरु छुत्तिना पुगे . पछि उनले अर्की केटी साग बिहे गरेको देखिन्छ . उनको जिवनमा यस्ता रहस्यमय घटना धेरै छन .
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्