आज पोखरामा खगेन्द थापामगरलाई आधिकारीक रुपमै विश्वको होचा व्यक्तिको प्रमाणपत्र दिइने भएको छ । खगेन्द्र थापामगरलाई बिश्वकै होचा ब्यक्तिको प्रमाणपत्र दिन पोखरा आईपुगेको गिनिज बुकको टोलिले बुधबार पुन स्वास्थ्य परिक्षण गर्ने भएको छ । बुधबार विहान, मध्यान्ह र दिउँसो गरी तीन पटक स्वास्थय परिक्षण गरिने छ ।
परिक्षणपछि होचो व्यक्ती प्रमाणित भएपछि विहीबार खगेन्द्रलाई प्रमाणपत्र बितरण गर्ने तय गरिएको छ । यसअघि गत फाल्गुनमा गिनिज बुक आफ दि वल्डको टोलीले इटालीमा बिश्वकै सबैभन्दा होचा किसोर भएको घोषणा गर्दै मेडल प्रदान गरेको थियो । बाग्लुङ्ग धुल्लुबासकोट ६ उर्लनीका खगेन्द्रको उचाई ५७ सेन्टिमिटर छ भने करिब ६ केजी तौल रहेको छ । खगेन्द्र विहीबार १८ वर्षपुग्दैछन । नेपाल पर्यटन बर्षसन २०११ को लागि खगेन्द्रलाई सदभावना दुत घोषणा गरिएको छ । खगेंदा थापा को नामा माँ खगेन्द्र फौन्ड़ेसन पनि खोलिएको छं . त्यसै फाउन्डेसनको माध्यांमबाट उनको प्रचार प्रसार गरिने कुरा उनका सहयोगी मीन बहादुर रानाले बताए .
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्