Monday, November 1, 2010

विवादित चारवटा विषयमा उच्चा स्तरीय समितिले निकास निकाल्यो

कार्तिक १५ - राष्ट्रिय हित संरक्षण समिति अन्तर्गतका चारवटा विवादित विषयमा  उच्चस्तरीय कार्यदलको बैठकले  निकास निकालेको छ । आज सोमबार सिंहदरवारमा बसेको बैठकले प्रदेशको सुसूचिकृत क्षेत्राधिकार, सन्धि र सम्झौता गर्दा केन्द्रले प्रदेशको सहमति लिनु पर्ने, प्रदेशमा औद्योगिक, आर्थिक किसिमका करार जन्य सम्झौता गर्दा केन्द्रको अनुमति लिनु पर्ने, प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रप्रमुखले गर्ने जस्ता  विषयमा सहमती भएको छ ।
त्यसैगरी प्रधानसेनापतिको पदमुक्ति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रप्रमुखले गर्ने विषयमा पनि सहमति भएको कार्यादलका सहयोगी रमेश लेखकले बताए ।  साथै नयां संविधानमा क्यान्टोनमेन्ट, जनयुद्ध, लडाकु शब्द उल्लेख गर्ने कि नगर्ने विषयमा भने सहमति हुने सकेन ।सबै नागरिकलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने विषयमा पनि सहमति हुन सकेन  ।  यी विषयमा रहेको विवादलाई टुग्याउने जिम्मा संवैधानिक समितिलाई दिइएको छ । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी नेता देव गुरुङ, एमाले अध्यक्ष झलनाथ खनाल, नेता भरतमोहन अधिकारी र कांग्रेस नेता रमेश लेखक  लगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्