Tuesday, November 2, 2010

नया बन्न सम्बिधानमा रहेको भाषा बिबाद समाधान भयो

काठमाडौ, कार्तिक १६ - अब बन्ने  बिभिन्न बिबद्हरू थिए जसको कारण आज सम्म संबिधान सभा अगाड़ी  बडन  सकेको  थिएन . नयाँ  संविधानमा केन्द्रीय सरकारको सरकारी कामकाजको भाषा देवनागरी लिपिको नेपाली नै हुने भएको छ ।
संविधानसँग सम्बन्धित विवाद समधान गर्न गठित उच्चस्तरीय समितिको मंगलबार बिहान बसेको बैठकले नयाँ संविधानको लागि भाषा विवाद टुंगाएको हो । भाषा नीति बहुभाषिक हुनेछ । एमाले नेता भरतमोहन अधिकारीले भने, 'भाषा आयोग गठन भएपछि उसले सूचीकृत गर्ने भाषाले पनि सरकारी भाषाको मान्यता पाउनेछ ।' कांग्रेस नेता रमेश लेखकका अनुसार केन्द्र सरकारको भाषा देवानगरी लिपिको नेपाली भएपछि प्रान्त र केन्द्रीय बीचको सम्पर्क भाषा र प्रान्त-प्रान्तबीचको सम्पर्क भाषा यही हुनेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान सभाको सांस्कृतिक समाजिक ऐक्यबद्धताको आधार निर्धारण समितिको प्रतिबेदनमा रहेका विवाद समाधान भएको बताए । जनतालाई केही आशा त जगेको छं तर देश माँ प्रधान मंत्री नभएको कारण जनता अझै अन्योलमा छन .    
 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्