Tuesday, November 2, 2010

छिट्टै सहमतिको सरकार

१६ कात्तिक, इलाम ,  आज नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कात्तिक मसान्त भित्रै राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनु भएको छ । नेकपा एमाले प्रचार विभाग इलामले मङ्गलबार मंगलबारेमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो . महासचिब पोखरेल ले भन्नु भयो सोही सरकारले चालू आर्थिक वर्षको बजेट समेत  ल्याउने  बताउनु भयो ।
एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसको अडानका कारण राष्ट्रिय सहमति  को सरकार बन्न र सहमति  हुन नसकेको भन्दै उहाँले शान्ति र संविधानका लागि एमाले बाधक नबन्ने स्पष्ट पार्नु भयो । उहाँले सहमतिका लागि प्रधानमन्त्रीको राजीनामा समेत दिएको हाम्रो पार्टीले लाइन कुरा अरु केही नभएको बताउनु भयो . सहमति को सरकार निर्माण गर्न उम्मेदवारी फिर्ता लिन काङ्ग्रेसलाई सुझाव पनि दिनुभयो । बहुमतीय प्रणालीबाट प्रधानमन्त्री चयन भए पनि देशका समस्या समाधान नहुने भएकाले सहमतिको सरकार बन्नुपर्ने उहाँको जोड थियो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्