Tuesday, November 2, 2010

महानगरमा नया एसपी

कात्तिक १७ काठमांडौ , महानगरीय प्रहरी आयुक्त कार्यालयले काठमाडौं परिसरमा भोगबहादुर थापालाई खटाएको छ। परिसर प्रमुख रमेश खरेल बुधवार  देखि १४ दिन चीन भ्रमणमा जाने भएकाले आयुक्त कार्यालयले थापालाई बुधबारवाट काम गर्ने गरी खटाएको हो। थापालाई दिएको पत्रमा अर्को निर्णय नआएसम्म परिसर प्रमुखको रुपमा काम गर्न निर्देशन दिइएको छ।
खरेल चीन भ्रमणमा जाने मौका पारेर काठमाडौं परिसर आउन एसपीविच दौडधुप शुरु भएपछि प्रधान कार्यालयले परिसरकै डिएसपीलाई निमित्त दिने तयारी गरिएको थियो। तिहारको समयमा परिसर प्रमुख विहिन राख्न नहुने भन्दै प्रधान कार्यालय आयुक्त कार्यालयको अप्रेशनमा कार्यरत थापालाई अर्को निर्णय नभएसम्म परिसरमा खटाउन मंगलवार पत्र पठाएको थियो। प्रहरी प्रवक्ता विज्ञानराज शर्माले भने, 'खरेल चीनबाट फर्किएपछि परिसर प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्।' शहरी क्षेत्रको शुरक्षामा कार्यरत एसियाका १२ राष्ट्रभन्दा बढीका प्रहरी अधिकृतलाई भेला पारेर चीनले बेईजिंगमा सोमवारवाट कार्यक्रमको आयोजना सुरु गरिसकेको छ। चीनले एसियाका प्रहरी अधिकारीविच अनुभव आदानप्रदानका लागी कार्यक्रमको आयोजना गरेको हो। सहभागी हुनु अगाडि खरेलले प्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री भीम रावल, प्रहरी महानिरिक्षक रमेश चन्द ठकुरीलाई भेटेर कार्यक्रमबारे जानकारी गराएका थिए। खरेल एक गते स्वदेश फर्कनेछन्। यसो त खरा सोभाबका खारेलको बिशयालाई लिएर  महानगर माँ पहिला पनि धेरै कुरा चलेको थिए . उनी कसई सग समझौता नगर्ने खालका भएर हाकिमहरू  समेत उनी सग रुस्ट छन भनिन्छ . उनलाई स्वदेश फर्ने पछि  अन्ते सार्ने  कुरा चलेको छं भन्छन स्वयं प्रहरी नै .  

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्