Wednesday, November 3, 2010

झापा तनाब

झापा  कार्तिक १७ - प्रहरीको गाडीले ठक्कर दिएर मृत्यू भएका ब्यक्तिको परिवारालाई क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै स्थानीयले लास अगाडि राखेर  इलाका प्रहरी कार्यलय दमक घेराउ गरेका छन् । हत्यारालाई कारबाही गर, प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाउँदै स्थानियबासीहरुले प्रहरी कार्यलय घेराउ गरेका हुन् ।
मंगलबार राति इलाका प्रहरी कार्यलयको गस्तीमा रहेको भ्यानको ठक्करबाट घाइते भएका दमक-१२ का २२ वर्षीय सुमन राईको उपचारका क्रममा भारतको सिलुगुडीमा बुधबार बिहान मृत्यु भएको छ ।  मृत्यु  पछि आक्रोसित स्थानियबासिन्दाहरुले  बजार बन्द र दमकका बिभिन्न स्थानहरु टायर बालेर चक्काजाम गरेका छन् । यातायात बन्द भएपछि तिहारको बजार गर्न आएका गाउँलेहरु अलपत्र परेका छन् । केही बेर अघि राजमार्ग सुरक्षामा निस्किएका प्रहरीलाई स्थानियबासिन्दाले आक्रमण गर्दा तीनजना प्रहरी घाइते भएका छन् ।यसैगरी केहीबेर अघि कार्यलय प्रबेश गदै गरेको प्रहरीको गाडीलाई पनि आक्रोसित भिडले ढुंगा प्रहार गरेको छ । यता घटनाको बिषयमा सहमति कायम गर्न इलाका प्रहरी कार्यलयमा वार्ता सुरु भएको छ । वार्ताबाट सहमतिमा पुग्ने बिश्वास मृतकका आफन्तहरुले लिएका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्