Tuesday, November 2, 2010

माओबाधि र प्रतिगामिको साठगाठले लोकतन्त्र कमजोर

 कात्तिक १६ ,  सद्‍भावना पार्टीका अध्यक्ष एवं आपूर्तिमन्त्री राजेन्द्र महतोले एकीकृत माओवादीका गतिविधिले लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन्। प्रतिगामी तत्त्वहरूसित हात मिलाएर माओवादीले हजारौँ नेपालीको सहादतबाट प्राप्त लोकतन्त्रलाई अवहेलना गरिरहेको छ,. मंगलबार सद्‍भावना पार्टीले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले भने, 'प्रतिगामीसितको माओवादी साँठगाँठले लोकतन्त्र खतरामा पर्दैछ।'
चार महिनासम्म मुलुक प्रधानमन्त्री विहीन हुनुको मुख्य दोषी माओवादी रहेको महतोले जिकीर गरे। माओवादीको भारतविरोधी अभियानले भारत सँगको 'बेटीरोटी' सम्बन्ध चिसिएको उनको दाबी छ। माओवादीको उच्छृंखल गतिविधिले भारत टाढिँदै गएको छ,' उनले भने, 'कूटनीतिक मात्र होइन, बेटीरोटीको सम्बन्ध गाँसिएकाले भारतले सीमामा प्रतिबन्ध लगाए घाटा नेपाललाई नै बढी हुन्छ। केही महिनायता सीमावर्ती क्षेत्रमा एसएसबीको ज्यादती बढ्नुलाई महतोले यसैको उपज भएको टिप्पणी गरे। मओबाधिको ज्यादती यसरिनै बढ़ने हो भने नेपाललाई भोलोको दिनमा धेरै असर पर्ने कुरा बताए . 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्