काठमाडौ कार्तिक २० , नेपालमा के के हुन्छ नेपाल ले एउटा प्रधान मंत्री पनि बनाउना नसक्ने भनेर बिश्वा भर रहेका नेपालको शिर निहुरिएको छं .राजनीतिक सहमति जुटाउन प्रमुख तीन दलले गरेको प्रयास फेरि विफल भएको छ । तीन दलका शीर्ष नेताबीच बसेको दुई दिने गोप्य बैठक बिना कुनै ठोस निष्कर्ष टुङ्गिएको छ । देशवासी तिहारमा रमाइरहेको बेला तीन दल भने शुक्रबार देखि गोप्य वार्तामा व्यस्त थिए ।
सिंहदरवारमा भएका बैठकहरुले निष्कर्ष नदिएपछि राजधानीभन्दा करिब १२ किलोमिटर दक्षिण फाकेलस्थित हात्ती वन रिसोर्टमा बैठक बसेको थियो । दलहरु आ-आफ्ना पूरानो अडानमा यथावत रहेपछि सहमति जुट्न नसकेको हो । बैठकपछि निकालिएको तीन दलका शीर्ष नेताहरुद्वारा हस्ताक्षरित वक्तव्यमा बैठक पुनःकात्तिक २४ गते बस्ने भनिएको छ । वक्तव्यमा विगतका सहमति कार्यान्वयन,शान्ति प्रक्रिया,संविधान निर्माण,बजेटको समाधान लगायतका ६ बुँदे कार्यसूची तोकिएको छ । बैठकबाट बाहिरिएका गृहमन्त्री भीम रावलले बैठकमा सकारात्मक छलफल भएको संक्षिप्त प्रतिक्रिया दिए । बैठकस्थलमा पुग्न र नेताहरुसंग प्रतिक्रिया लिन संचारर्कीहरुलाई सुरक्षाकर्मीले रोकेका थिए ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्