Monday, November 8, 2010

कांग्रेस एमालेको बैठक सम्पन्न

कार्तिक २३ काठामांडू ,  तीन दलका शीर्ष नेताबीच बुधबार हुने वार्ता पूर्व काँग्रेस र एमालेबीच छलफल भएको छ । काँग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच मंगलबार विहान कोइराला निवास महाराजगंजमा साझा बुंदा खोज्नको लागी छलफल भएको छ । वार्तामा काँग्रेस र एमालेका अन्य नेताको पनि सहभागिता थियो । तिहार अगाडि शुक्रबार र शनिबार तीन दलका शीर्ष नेताबीच हात्तीवन रिसोर्टमा भएको वार्ता निष्कर्षविहीन भएको थियो । २४ गते पुनः वस्ने गरी त्यसदिनको वार्ता टुङ्गिएको थियो ।

काँग्रेस-एमाले माओवादी लडाकु समायोजन र पुनःस्थापनामा सहमति भएपछि मात्र सरकार गठन हुनसक्ने अडानमा छन् । माओवादी पहिले सरकार गठन हुनुपर्ने पक्षमा रहेको छ । यसैबीच,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमेशर राणाले पनि सभापति कोइरालासंग भेटेर राजनीतिक सम्वाद गरेका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्