कार्तिक २४ काठमाडौ, नेपालको मधेशी समूदायको प्रमुख चाडको रुपमा रहेको छठ पर्व आज(बुधबार) बाट विधिवत सुरु भएको छ । कात्तिक शुक्ल पक्षमा विशेष रुपमा सूर्यको पूजा गरी छठ मनाइने गरिन्छ । दशै र तिहार जस्तै तराईवासीका लागि छठ पर्वले विशेष महत्व राख्छ । केही वर्ष यता तराईवासी नेपाली भाषाभाषी तथा कतिपय मुस्लिम समूदायका व्यक्तिहरुले पनि छठ पर्व मनाउन सुरु गरेपछि यस पर्वको आकर्षण बढ्दै गएको छ । राजधानीमा पनि छठले विशेष स्थान पाउन थालेको छ ।
चार दिन सम्म मनाइने यस पर्वको पहिलो दिन (चौथी) लाई नाहा खा भनिन्छ । यस दिन व्रतालु पुरुष तथा महिला खोला,नदीमा स्नान गरी शुद्ध भोजन गर्दछन् । पर्वको दोस्रो दिनलाई खर्ना भनिन्छ । उक्त दिनभरि उपवास बसेका ब्रतालुको मुख्य काम साँझ पख स्नान गरी कुलदेवता रहेको कोठामा नयाँ चुल्हो बनाइ प्रसाद तयार गरेर गोवर भूँई लिपपोत गरी सामग्री राखेर पूजा गरिन्छ । राति भोज लगाएर प्रसाद ग्रहण गरेपछि व्रतालुले पूर्ण व्रत लिनुपर्छ । खर्नाको भोलिपल्ट पर्वको मुख्य दिन हो । यस दिन जलाशय पुगेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको समापन हुन्छ । ठेकुवा, लड्डु, कसार, पुरुकिया, खजुरी, पञ्चमेर, पञ्चफल, विभिन्न किसिमका गेडागुडी,जटा नरिवल,मूला,निम्बु,अदुवा,सुथनी,उखु लगायतका प्रसाद छठमा चढाइन्छ । तराई बासी नेपाली दाजूभाईहरू छडको लागी घर गैसकेका छन .

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्