Tuesday, November 9, 2010

रामबरण यदबको नामले करोड़ पति

कातिक २४ काठमांडौ , भारतको चर्चित टिभी 'सोनी' टेलिभिजनबाट प्रसारण हुने 'कौन बनेगा करोडपति' मा सोधिएको प्रश्नको 'रामवरण यादव' भन्ने उत्तर दिएर मंगलबार एक प्रतियोगीले एक करोड भारतीय रुपैयाँ जिते । सबै प्रश्नको सही उत्तर मिलाउँदै प्रशान्त बत्तारले ५० लाख जितेपछि करोड जित्ने प्रश्नका पालामा कार्यक्रम सञ्चालक बलिउड स्टार अमिताभ बच्चनले सोधे, 'यीमध्ये को उनको देशका प्रथम राष्ट्रपति हुन् ?' त्यसमा छनोट थिए- चन्दि्रका कुमारातुंगा, हमिद करजाई, रामवरण यादव र बेगम खालिदा जिया ।
प्रशान्तले सजिलै जवाफ दिए, 'रामवरण यादव' र, जिते एक करोड । त्यसपछि करोड लिएर खेल छाड्ने वा ५ करोडका लागि अगािड बढ्ने दुई विकल्प थिए । खेलेर हार्‍यो भने ३ लाख २० हजार मात्र आउँथ्यो । उनी खेल्न चाहे । तर, ५ करोडका लागि सोधिएको प्रश्नको उत्तर नमिलाउँदा जितेको ९६ लाख ८० हजार गुमाउन पुगे । तर उनले आफ्नो सहस ले खेलना चाहेको हुदा अरुले नखेल्न  दिएको सुझाब पनि मानेनन र गूमाए तर आफ्नो बौदिक क्षमता भने सबैको सामु देखाए   .

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्