Wednesday, November 10, 2010

सार्क सम्मेलन सरयो

कार्तिक २५ काठमांडौ ,  आउँदो मार्चमा तोकिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कको सत्रौं सम्मेलन एक वर्षपछि नोभेम्बरमा मात्र हुने भएको छ । उक्त सम्मेलन माल्दिभ्समा हुँदैछ । आफूले भनेजस्तो तयारी गर्न नसकेकाले सम्मेलन सारिएको माल्दिभ्सले बुधबार जानकारी दिएको हो । १६ औं  सार्क शिखर सम्मेलन भूटानको थिम्फूमा भएको थियो । सन् २०१० सार्क स्थापनाको रजत वर्ष हो । सन् १९८५ मा स्थापित सार्कमा नेपाल, भूटान, बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंका, पाकिस्तान र अफगानिस्तान सदस्य राष्ट्रहरु हुन ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्