Thursday, November 11, 2010

भारतले नेपाललाइ ईराक बनाउने षडयंत्र : प्रचन्ड

कार्तिक २५  काठमांडौ , एनेकपा  माओवादीका  अध्यक्ष पुष्पकमल दाहालले भारतीय माओवादीलाई नेपाली माओवादीले तालिम दिएको प्रचारमा गम्भीर षडयन्त्र रहेको बताएका छन् । 'यो मुलुकको अस्मिता माथिको गम्भीर षडयन्त्र हो, यस विषयमा सबै नेपालीहरु जागरुक हुनुपर्छ' कलंकीमा आकाशेपुलको शिलान्यास गर्दै दाहालले बिहीबार भने, 'नेपाललाई इराक बनाउने षडयन्त्र यसमा छ भन्ने लागेको छ ।'
उनले इराकमा आक्रमण गर्नुअघि आमविनाशकारी हतियारको हल्ला गरे जस्तै यहाँ पनि नेपाली माओवादीले भारतीय माओवादीलाई तालिम दिएको प्रचार गरेर भारतीय पक्षले सैन्य हस्तक्षेपको तयारी गरिरहेको उनको दावी थियो । भारतीय राजदूत राकेश सुदले केही साता अघि परराष्ट्र मन्त्रालयलाई पत्र लेखि नेपाली माओवादीले भारतीय माओवादीलाई मुस्लिम आतंकवादी समुह लस्कर ए तोइवा संग मिलेर बैचारिक तथा सैन्य तालिम दिएकाले कारवाही गर्न आग्रह गरेका थिए । यही विषयलाई लिएर बुधबार परराष्ट्र मन्त्री सुजाका कोइरालाले विषय गम्भीर रहेको उल्लेख गर्दै यस विषयमा अनुसन्धानका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने बताइकी थिइन् । माओवादीले भने निरन्तर रुपमा यसको खण्डन गर्दै आइरहेको  छ । माओवादी अध्यक्ष दाहालले कार्यक्रममा दलहरुबीचको वार्ता गम्भीर रुपमा भइरहेको उल्लेख गर्दै शान्ति प्रकृयाका ठोस प्रस्तावहरुमा छलफल भइरहेको बताए ।  नेपालका माओबाधिले भारतीय माओबाधिलाई तालीम दिएको बिशयालाई लिएर नेपाल र भारत का मिडिया ले निकाई बहस गरेका छन . नेकपा माओबाधिले भने यस कुरालाई खण्डन गर्दै आएको छं . 

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्