काठमाडौ, कार्तिक १८ - हिन्दूहरुको महान् चाड दीपावली बिहीबारदेखि कागको पूजा गरी सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन काग, दोस्रो दिन कुकुर र साँझ लक्ष्मीको पूजा तथा दीपावली, तेस्रो दिन बिहान गाई, गोरु चौथो दिन गोबर्द्धन पूजा र भाइटीका गरी सम्पन्न हुन्छ ।
बत्तीको झिलिमिली र उज्यालो, मिठाइ र फलफूलको सेवन, फूलहरूको ढकमक, दाजुभाइ र दिदीबहिनीबीचको आपसी प्रेम, नेपालको मौलिक संवत् नेपाल सम्बताको प्रारम्भ् , आत्मपूजा, पक्षी र जनावरहरूको पूजा तिहारको विशेषताका रूपमा रहेको छ । पुराण अनुसार यस पर्वमा यमराज आˆना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाा पााचदिनसम्म पाहुना बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । काग तिहारका अवसरमा आज धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूतका रूपमा पूजा गरी विविध खानेकुरा दिने चलन छ । हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ । कसैको घरआागनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ । यो दिन कागको पूज्ाा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ ।

यही कात्तिक १९ गते कुकुर तिहार र साँझ लक्ष्मीपूजा तथा दीपावली गरिन्छ । कुकुरलाई यमराजको दरबारको रक्षक र दूतका रूपमा पूजा गरिन्छ । सो दिन आ-आˆनो घरमा पालिएको कुकुरलाई टीका, माला लगाई मीठो खानेकुरा दिने प्रचलन छ । लक्ष्मीपूजा र गाईपूजाको दिन केटाकेटी तथा महिलाले घरघरमा गई खेलिने भैलोले यस पर्वलाई अझ उल्लासमय बनाउँछ । यतिबेला घरआँगन र खेतबारीका आली-कान्लामा ढकमक्क फुलेका सयपत्री, मखमली र गोदावरी फूलले वातावरण रमणीय देखिन्छ । यमपञ्चकको अन्तिम दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ ।
वैदिक कालमा बलि राजाले आफ्नो राज्य भरि झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यस पर्वसाग जोडिएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्