कार्तिक २९ काठमाडौ, काठामांडू माँ संचालित पराया जसो क्यासिनोहरूले सरकारलाई रोयल्टीबापत ठूलो रकम तिर्न बाँकी रहेको र सम्बद्ध होटललाई पनि ६० करोड रुपैयाँभन्दा बढी भाडा तिरेका छैनन् । क्यासिनो सञ्चालन गरेबापतको भाडाका साथै ग्राहकका लागि लिएका कोठाको गरी यति ठूलो रकम तिर्न बाँकी रहेको हो । केही क्यासिनोले कर्मचारीको सञ्चय कोष र उपदानबापतको रकम पनि दाखिला नगरेको सम्बद्ध स्रोतले जनाएको छ । सामान आपूर्तिकर्ता पैसाका लागि क्यासिनो धाइरहेका छन् । 'रोयल्टी, होटलको भाडा, सामान आपूर्तिकर्तालाई तिर्नुपर्ने रकम, सरकारी रोयल्टी, कर्मचारीको उपदान/सञ्चय कोषको रकम जोड्दा क्यासिनोमाथि डेढ अर्बभन्दा बढीको दायित्व देखिन्छ,' सम्बद्ध स्रोतले भन्यो ।
होटल सञ्चालकहरूका अनुसार हयात रिजेन्सीस्थित क्यासिनो ताराले सबैभन्दा बढी करिब २८ करोड रुपैयाँ होटललाई तिर्न बाँकी छ । क्यासिनो अन्नाले होटल अन्नपूर्णलाई झन्डै साढे ५ करोड रुपैयाँ तिरेको छैन । सोल्टीको क्यासिनो नेपाल, याक एन्ड यतीको क्यासिनो रोयलको बक्यौता २० करोड रुपैयाँको हाराहारीमा छ । पोखराको फूलबारी रिसोर्टमा सञ्चालित क्यासिनोले ३ करोड रुपैयाँ तिर्न बाँकी छ । र्याडिसनस्थित क्यासिनो र्याडले पनि करिब सवा करोड रुपैयाँ तिरेको छैन । मल्लस्थित भेनस र पोखराको ग्रान्डमा सञ्चालित क्यासिनो नयाँ भएकाले धेरै बक्यौता पुगेको छैन । तर पनि नियमित भाडा नपाएको होटलहरूले जनाए । प्रत्येक क्यासिनाले सरकारलाई वाषिर्क २ करोड रुपैयाँ रोयल्टी बुझाउनुपर्छ । यस्तो बक्यौता गत आर्थिक वर्षसम्म २३ करोड रुपैयाँ थियो । यो आवको थप गर्दा सरकारले मात्र ५० करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी छ ।

पैसा नपाएपछि होटलले क्यासिनोलाई आफ्नो क्षेत्र खाली गर्ने सूचना दिन थालिसकेका छन् । होटल सांगि्रला र हयात रिजेन्सीले हट्ने सूचना दिइसकेका छन् । सांगि्रला क्यासिनो व्यवस्थापनले १० वर्ष सञ्चालन गर्ने करार भएको भन्दै हटाउने सूचनाविरुद्ध माग गरेको अन्तरिम आदेश पुनरावेदन अदालतले आइतबार खारेज गरेको छ । यससँगै होटललाई क्यासिनो हटाउने बाटो खुला भएको छ ।
विगतमा नेपाल आउने पर्यटकका लागि क्यासिनो पनि एक प्रमुख आकर्षण थियो । एक दशकअघिसम्म वाषिर्क करिब ५० हजारभन्दा बढी यसकै सौखिन पर्यटक नेपाल आउने गरेको होटल संघ नेपालका कार्यकारी निर्देशक माधव ओम श्रेष्ठ बताउँछन् । क्यासिनो व्यवस्थापनले दैनिक न्यूनतम १५ देखि ५०/६० वटासम्मका दरले वर्षभरि होटलका कोठा बुक गर्थे । नेपालीको प्रवेश पनि सहज थिएन । पर्यटक नआए पनि त्यसबापत लाखौं रुपैयाँ होटलको आम्दानी हुन्थ्यो । 'होटललाई रकम दिनुपर्ने भएकाले पनि क्यासिनो सञ्चालकले विदेशमा समेत प्रवर्द्धन गरेर पाहुना ल्याउँथे,' श्रेष्ठ भन्छन्, 'अहिले त्यो अवस्था छैन ।'
क्यासिनो संख्या बढ्दै गएपछि सञ्चालकले विदेशमा प्रवर्द्धन बढाउनुपर्नेमा नेपालीलाई प्रवेश दिएर होटलकै माहौल बिगारेको भन्दै व्यवसायीहरूले क्यासिनो हटाउनुपर्ने अवस्था आएको बताए ।
'अहिले क्यासिनो लक्ष्य गरेर आउने पर्यटक ५ हजार पनि छैनन्,' एक पाँचतारे होटल सञ्चालकले भने, 'अहिले शतप्रतिशत ग्राहक नेपाली छन् ।' यसले समाजमा विकृति पनि बढेकाले यस्तो अवस्था हेरेर बस्न नसकिने उनले बताए । स्थानीय सञ्चालक हटाएर विदेशका व्यावसायिक सञ्चालक भित्र्याउने योजना रहेको अर्का पाँचतारे होटल सञ्चालकले बताए । 'धेरै चासो पनि आइरहेको छ,' उनले भने, 'त्यसो हुन सके कर्मचारी, सञ्चालक र देशलाई नै फाइदा हुनेछ ।'
राजधानीका आठ र पोखराका दुई पाँचतारे होटलमा क्यासिनो सञ्चालित छन् । होटल अन्नपूर्णमा सञ्चालित क्यासिनो अन्नपूर्ण इन्टरनेसनलको नाममा लिइएको छ । बाँकी क्यासिनोको इजाजत सम्बद्ध होटलले लिएका छन्
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्