कात्तिक , काठमाडौं , गुरुङ जातीको पुख्यौली थलो भने र चिनिने लमजुङमा पहिलो पटक गुरुङ चलचित्र महोत्सव हुने भएको छ । ‘गुरुङ चलचित्रकर्मीसँग बसेर चलचित्र हेरौ, गुरुङ चलचित्रलाई उद्योगका रुपमा विकास गरौ भन्ने नाराका साथ आगामी मंसिर ३ र ४ गते सदरमुकाम वेसीशहरमा महोत्सव हुने भएको हो .
गुरुङ फिल्म एशोसिएसन पोखराको आयोजनामा हुन लागेको महोत्सवमा आशिमाला (शुभकामना), आस्यो (मावली), आक्रोदो (नरुनु) रोधीघर, खेब धीं (पढ्ने घर) जस्ता सामाजिक तथा चेतनामूलक चलचित्रका साथै तमू ह्युला जस्ता वर्तमान राजनीतिक विषयबस्तु समेटिएका चलचित्रहरु प्रदर्शन गरिने आयोजकले जानकारी गराएको छ । महोत्सवको दुई दिने कार्यक्रममा चलचित्र प्रदर्शनीका साथै गुरुङ चलचित्रकर्मी तथा निर्माता निर्देशकहरु र स्थानीय समुदायबीच गुरुङ चलचित्रका विषयमा अन्तरक्रिया कार्यक्रम समेत गरिने आयोजकले जनएका छन ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्