Sunday, November 14, 2010

साउदीका राज कुमार राजनीतिक भेट घाटमा बेस्त

काठामांडू कात्तिक २९ , निजी भ्रमणका लागि नेपाल आएका साउदी अरबका राजकुमार अल वालिद विन तलालले  राजनीतिक भेटघाट गर्दै छन । उनले राष्ट्रपति डा. रामबरण यादव, प्रधानमन्त्री माधबकुमार नेपाल, परराष्ट्रमन्त्री सुजाता कोइरालासँग लगायतसँग भेटवार्ता गर्ने भएका हुन ।
राष्ट्रपतिसँग दिउँसो हुने भेटवार्तामा  राजकुमार तलालले नेपालमा लगानी गर्न इच्छुक क्षेत्रहरुका बारेमा कुराकानी गर्नेछन  आज मंत्रिहरू सग पनि नेपालमा लगानिको संभावनाको बारेमा छलफल गर्ने छन । प्रमन्त्री माधवकुमार नेपाल र राजकुमार तलालबीच साँझ ६ बजे भेटवार्ता हुने भएको छ । सोमबार दिउँसो उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला लगायतका मन्त्रीहरुसँग राजधानीको एक होटलमा साउदी अरबका राजकुमारले भेटवार्ता गर्नेछन । विश्वको १९ औं धनी व्यक्ति राजकुमार तलाल आफ्नो निजी विमानबाट शनिबार राति नेपाल आएका हुन । उनले विभिन्न देशको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन ।
 आजै मन्त्रिपरिषद बैठकले साउदी अरवका राजकुमार अल वालिद विन तलाललाई महाप्रज्वल राष्ट्रदीप मानपदवीको लागि राष्ट्रपति रामबरण यादव समक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तलाललाई राष्ट्रदीप पदवीका लागि सिफारिस गरेको हो

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्