कार्तिक ३० , आफ्नो देश छोडेर शांति सुरक्षा दिन हैटी गएको नेपाली सेना माथी अहिले बिभिन्न नाम माँ आक्रमण हुने गरेको छं . पहिला हैजा फैलाएको आरोप लाग्दै आएको हैटीस्थित नेपाली शान्तिसेनामाथि सोमबार आक्रमण को प्रयास भएको छ । तीन सातामा हैजाबाट मर्नेको संख्या एक हजार काटेको छ भने प्रभावित हुनेको संख्या ११ हजार पुगेको छ । हैटीको दोस्रो ठूलो शहर क्याप-हैटियनमा बिहान ६ बजेदेखि भडकिएको दंगाले संयुक्त राष्ट्रसंघीय सेनामाथि ढुंगा र बोतल प्रहार गरेका थिए ।
प्रदर्शनकारीले शहर नै पुरै ठप्प पारेका थिए । दुइ प्रहरी पोस्ट जलाइए । आफ्नो बचावटका लागि शान्तिसेना र हैटिका सुरक्षाकर्मीले अश्रुग्यास प्रयोग गरी हुल हटाएको थियो । दोहोरो झडपबाट १२ हैटी नागरिक र ७ शान्तिसेना घाइते भएका छन् ।प्रदर्शनकारीले गत अगस्तमा भएको एक युवाको मृत्युको आरोप पनि नेपाली शान्तिसेनामाथी लगाएर रिस पोख्न खोजेको थिए । शान्तिसेनामा गएका नेपाली सेनाका कारण फैलिएको ठानिएको उक्त हैजा, भिब्रिओ कलेरा हो । नेपाल र संयुक्त राष्ट्रसंघले भने शान्तिसेनामाथि लागेको आरोपलाई अस्विकार गरेका छन् ।
स्थानिय आर्टिबोनाइट नदिको माध्यमबाट हैजा फैलिएको हो । नेपाली सेना त्यहाँ गएर बसेको एक सातापछि अक्टोबर २२ मा महामारी सुरु भएको हो । नेपाली सेना आउनुअघि मध्यपश्चिम तथा पश्चिममा हैजा देखिएको थियो । यो मुलुक उत्तर र दक्षिण अमेरिकाको करिब बीचमा पर्ने क्यारेबियन देश हो ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्