३० कात्तिक काठमाडौं, तीन दिने नेपाल भ्रमण पूरा गरी साउदी अरबका राजकुमार अल बालिद विन तलाल आज मंगलबार स्वदेश फर्किँदै हुनुहुन्छ । उहाँ दिउँसो एक बजे निजी विमानबाट स्वदेश फर्कन लाग्नु भएको हो ।
विश्वका १९ औं धनी राजकुमार तलाल नीजि भ्रमणको सिलसिलामा ३७ सदस्यीय टोलीका साथ गत शनिबार राति नेपाल आउनु भएको थियो । साउदी अरबले विकास निर्माणमा पुर्याएको योगदानको कदर गर्दै राजकुमार तलाललाई सरकारले महाउज्ज्वल राष्ट्रद्विप मानपदवीबाट सम्मान गरेको छ । गणतन्त्र घोषणापछि दिइएको यो सबैभन्दा ठूलो सम्मान हो । नेपाल बसाइको क्रममा राष्ट्रपति, प्रधानमन्त्री र केही मन्त्रीहरुलाई भेटेका राजकुमार तलालले नेपालमा हवाई र पर्यटनको र जलस्रोत को क्षेत्रमा लगानी गर्ने इच्छा देखाउनु भएको छ । उहाँले नेपालमा साउदी अरबको काउन्सीलर कार्यालय खोल्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्