Tuesday, November 16, 2010

संबिधान संसोधन गरेर भएपनि बजेट ल्याउने

 कात्तिक ३० काठमाडौँ,   प्रमुख तीन दलले आज  कामचलाउ सरकारले पनि बजेट ल्याउन मिल्ने गरी अन्तरिम संविधान संशोधन गरी आगामी मंसिर ३ गते बजेट ल्याउन सहमत भएका छन्। सभामुख सुवास नेम्वाङको कार्यकक्ष सिंहदरबारमा भएको तीन दलका शीर्ष नेताको बैठकमा यो सहमति भएको हो।
बैठकपछि सञ्चारकर्मीहरुसित कुरा गर्दै काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले अन्तरिम संविधानको धारा ९६ मा संशोधन गरी कामचलाउ सरकारले समेत बजेट ल्याउन सक्ने सहमति भएको जानकारी दिए। प्रमुख तीन दलको सहमतिपछि आगामी मंसिर ३ गते शुक्रबार व्यवस्थापिका संसदमा बजेट पेस हुँदैछ। प्रमुख तीन दलका शीर्ष नेताको सोमबार दिउँसो बसेको बैठकले बजेट ल्याउन सहमति जनाउँदै यसका लागि पूर्व अर्थमन्त्रीहरु बाबुराम भट्टराई, रामशरण महत र भरतमोहन अधिकारीको एक कार्यदल गठन गरेको थियो। यो कार्यदलका सदस्य, अर्थमन्त्री सुरेन्द्र पाण्डेले सभामुख सुवासचन्द्र नेम्वाङसँगको भेटमा सरकारले मागेको तिथिमा नै बजेट पेश गर्न सहमति भएको हो।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्