कातिक काठामांडू , चीनमा जारी १६ औं एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको छ । भर्खरै सम्मपन्न खेलमा हङकङले प्रस्तुत गरेको ७३ रनको लक्ष नेपालले १५.२ ओभरमा ३ विकेट गुमाएर भेटाएको हो । जितसँगै नेपालको पदकको आशा यथावत रहेको छ । नेपालले अब सेमीफाइनल प्रवेसका लागि बुधबार जापानसँग खेल्नेछ ।
नेपाललाई मंगलबार जित दिलाउन नेरी थापा बिष्फोटक २७ रनको योगदान गरिन् । यसअघि स्थानीय ग्वानग्वाङ मैदानमा टस जितेर व्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ९ विकेट गुमाएर ७२ रनको योगफल तयार पारेको थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्