मंसिर ८ गोरखा , एनेकपा माओवादीको विस्तारित बैठकमा समूहगत छलफलका क्रममा गुटबन्दी भएको भन्दै दार्चुलाका भट्टराई पक्षधर प्रतिनिधिहरूले बैठक बहिष्कार गरेका छन् । दाहाल पक्षले गुटबन्दी गरेको आरोप लगाउँदै दार्चुला जिल्ला कमिटी सदस्य मञ्जु बमलगायत २३ प्रतिनिधिले छलफल बहिष्कार गरेको स्रोतहरूले जनाएको छं । बुधबारदेखि तीन नेताका फरक दस्तावेजमा ३० समूहका एक सय २० प्रतिनिधिले धारणा राख्नेछन् । उनीहरू प्रत्येकलाई १०/१० मिनेट बोल्न दिइएको छ ।
वैद्य र भट्टराई पक्षले आफ्नो विचार बोकेका लडाकु कमान्डरहरूलाई बोल्न रोक लगाइएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले लडाकु प्रमुख, दुईजना डेपुटी कमान्डर र सातैजना डिभिजन कमान्डर दाहाल पक्षका भएको भन्दै समूहगत छलफलका लागि फरक विचार बैठकमा राख्न नदिने चालबाजी गरिएको आरोप लगाए ।

'जनसेनाको चेन अफ कमान्ड हुन्छ तर विचारमा हुँदैन,' भट्टराई पक्षका एक नेताले भने, 'विचारलाई नियन्त्रण गर्न खोजियो ।' लडाकु प्रवक्ता चन्द्रप्रकाश खनालले विचार अभिव्यक्त गर्नमा रोक नलगाएको दाबी गरे । तर लडाकुहरूले भने कमान्दर्लाई मात्र बोलना दिने चाल गरेर अफुहरुलाई बिभेद गरिएको बताए .
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्