भक्तपुर, माघ २०, पुरानो प्रक्रियामा १६ पटकसम्मको निर्वाचनमा पनि असफल रहेर आज हुन लागेको नयाँ प्रक्रिया अनुसारको चुनावमा पनि उम्मेदवार बनेका रामचन्द्र पौडेलले आज पनि प्रधानमन्त्री चुनिनु असंभव रहेको प्रतिक्रिया दिएका छन्।
समर्थन जुटाउन बिहान नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे निवासमा पुगेका पौडेलले भने- '५१ प्रतिशत मत ल्याउनु पर्ने हुनाले आज प्रधानमन्त्री चुनिँदैन।पौडेलले बिजुक्छेलाई आफूलाई समर्थन गर्न प्रस्ताव राखेका थिए। जवाफमा बिजुक्छेले आफ्नो पार्टीको १६ बूँदे माग पत्र पेश गर्दै जसले माग पूरा गर्छ उसैलाई मत दिने बताए। व्यवस्थापिका संसदमा नेमकिपाको पाँच भोट रहेको छ। नेपाल भारत सीमा नियमित गर्ने, अतिक्रमित भूभागबाट विदेशी हस्तक्षेप हटाउनु पर्ने, स्थानीय निकायको निर्वाचन तुरुन्त गर्नुपर्ने लगायतका माग नेमकिपाको छ।
साभार : नागरिक

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्