१. विषय प्रवेश
जनताको बहुदलीय जनवाद नेकपा (एमाले) को पाँचौं महाधिवेशन – २०४९ द्वारा पारित नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो । यो कार्यक्रम पार्टीको छैटौं महाधिवेशन – २०५४ सम्म आइपुग्दा नेपाली क्रान्तिको नेतृत्वकारी विचार मात्र होइन सिद्धान्तको रुपमा स्थापित भइसकेको छ । जनताको बहुदलीय जनवादले शासन प्रणालीमा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई स्वीकार गरेको हुनाले, एकदलीय एकाधिकारलाई नै कम्युनिष्ट क्रान्तिकारीहरुको सिद्धान्त मान्ने संकीर्णतावादी र कठमुल्लावादीहरुको दृष्टिकोणमा, यो सिद्धान्त पूँजीवादी सिद्धान्त हो, यो कार्यक्रम पूँजीवादी दक्षिणपंथी र संशोधनवादी हो भन्ने भ्रमपूर्ण प्रचारवाजी अद्यापि चलिरहेकै छ । अझ भन्ने हो भने जनताको बहुदलीय जनवादी सिद्धान्तले नेपालको वर्ग संघर्षको मुख्य रुप र संसदीय संघर्षको घेराबाट तत्काल बाहिर निस्कने संभावना नरहेकोले क्रान्तिपूर्व पनि कार्यनीतिक रुपमा अधिकतम प्रगतिशील सुधारहरु मार्फत् क्रान्तिकारी फड्कोको पूर्वाधार तयार गर्न कार्यनीति अवलम्वन गरेको हुनाले यो कार्यक्रमले एमालेलाई संसदीय गोलचक्करमा फसाइरहेको भनी क्रान्तिकारी गफ गर्नेहरुको पनि यो मुलुकमा कुनै कमी छैन । यसको साथै हरेक हालतमा जवर्जस्ती हिंसात्मक संघर्षको वकालत गर्ने, हतियारलाई विचार भन्दा ठूलो मान्ने वामपंथी अराजकतावादीहरु र अधिभौतिकवादीहरुको दृष्टिमा जनताको बहुदलीय जनवादले देश, काल, परिस्थिति अनुसार वर्ग संघर्षका शान्तिपूर्ण र हिंसात्मक रुपहरु हुन सक्छन् भन्ने मान्यता अगाडि सारिरहेको सन्दर्भमा जनताको बहुदलीय जनवाद दक्षिणपंथी कार्यक्रम हो भन्ने भ्रम पाल्ने तथाकथित माक्र्सवादको आवरणमा अधिभौतिकवादको शिकार बनेका तथाकथित क्रान्तिकारीहरुको पनि कुनै कमी छैन । अझ वर्तमान परिवेशमा नयाँ संविधान निर्माणको नेपाली सन्दर्भमा प्रकट भइरहेको जवजको सान्दर्भिकता र औचित्यताप्रति अविश्वास सिर्जना गर्ने खालका आफै भित्रका आत्मसमर्पणवादीको क्रियाकलाप र अवरोधले जनताको बहुदलीय जनवाद भन्दा जनताको समावेशी लोकतन्त्र नामको एकदलीय एकाधिकारवादी अधिनायकवादीको कार्यक्रम पो क्रान्तिकारी हो कि भन्ने भ्रम उत्पन्न गरिदिएको छ । यस्तो पृष्ठभूमिमा जनताको बहुदलीय जनवादले आजको नेपाली राजनीतिमा गरिरहेको दिशानिर्देश र सान्दर्भिकतावारे छलफल चलाउनु पर्ने आवश्यकता महसूस भएको छ ।
२. पुरानो पूँजीवादी जनवाद
जनताको बहुदलीय जनवाद नयाँ जनवाद विरोधी कार्यक्रम हो भन्ने भ्रमबाट नेपालका कम्युनिष्टहरु अझै मुक्त हुन सकेका छैनन् । कार्यक्रमको नाममा ‘नयाँ’ शब्द नराख्दा त्यो संशोधनवादी वा दक्षिणपंथी हुने, ‘बहुदलीयता’ शब्द थप्दा त्यो पूँजीवादी कार्यक्रम र शासनतन्त्र हुने हो कि या नयाँ जनवादले बोकेका सारतत्वको विश्लेषण गरी जनताको बहुदलीय जनवादमा ती सारतत्व छन् कि छैनन् भनेर विश्लेषण र खोजी गर्ने ? यो अहं महत्वको सवाल हो । तसर्थ नयाँ जनवाद शब्दको विश्लेषण गर्दा जसरी उकालो नभई ओरालो, दिन नभई रात हुँदैन त्यसैगरी कुनै पुराना वस्तु नभई कसरी नयाँको सिर्जना हुन्छ ? यसकारण मानव समाजमा कुनै बेला पुरानो जनवाद भएको हुनाले त्यसको ठाउँमा नयाँ जनवादको प्रयोग भएको हुनुपर्दछ । त्यसो भए पुरानो जनवाद के हो त ? पुरानो पूँजीवादी जनवाद हो । यो क्रान्तिले सामन्तवादको उन्मूलन गरेको थियो र सामन्तवादको ठाउँमा पूँजीवादको स्थापना गरेको थियो । न्याय, समानता र भाइचारको नारा अगाडि सार्दै पूँजीपति वर्गले उक्त क्रान्तिको नेतृत्व गरेको थियो । पूँजीपति वर्गको नेतृत्वमा सम्पन्न पूँजीवादी क्रान्तिले पूँजीवादी अधिनायकत्व वा राज्यसत्ताको स्थापना गरेको थियो । त्यो पूँजीवादी राज्यसत्ता पूँजीवाद हुदै समाजवादतर्फ उन्मुख हुनु पर्नेमा त्यसले एकाधिकारी पूँजीवाद तथा साम्राज्यवादतर्फ विकास ग¥यो । यसरी पुरानो जनवादको पृष्ठभूमिबाट साम्राज्यवादको उदय भएको हो ।
३. नयाँ पूँजीवादी जनवाद
वर्तमान युगमा जहाँ सामन्तवाद छ कुनै पनि देशमा एक्लो छैन । साम्राज्यवादले सामन्तवादलाई पृष्ठपोषण गरिरहेको छ । साम्राज्यवाद र सामन्तवाद मिलेर शोषण र शासन गरिरहेका छन् । यी दुई शक्तिको संश्रयबाट दलाल तथा नोकरशाही पूँजीपति वर्गको उदय भएको छ । यसरी प्रतियोगी र विकासवान पूँजीपति वर्गको चरित्र बदलिएको छ । उ एकाधिकारवादी पूँजीपति वर्गमा, साम्राज्यवादीमा रुपान्तरित भई हिजोको क्रान्तिकारी पूँजीपति वर्ग प्रतिक्रान्तिकारी वर्गमा परिणत भएको छ । अब उसले सामन्तवादको विरुद्ध क्रान्तिको नेतृत्व गर्दैन । हिजोको उसको शत्रु सामन्तवर्गसँग आज संश्रय गरिरहेको छ । तसर्थ वर्तमान युगमा कम्युनिष्टहरु सामन्तवादको अन्त्य गर्न चाहन्छन् । सामन्तवादलाई परास्त गर्न साम्राज्यवादसँग लड्नु पर्दछ । सामन्तवाद–साम्राज्यवादको शोषण उ्रत्पीडनको अन्त्य गरेर मात्र दलाल नोकरशाही पूँजीपति वर्गको पनि अन्त्य गर्न सकिन्छ । तसर्थ हामी कम्युनिष्टहरु सामन्तवादको अन्त्य गरी पूँजीवादको स्थापना गर्न चाहन्छौं । साम्राज्यवादको अन्त्य गरेर राष्ट्रिय स्वाधीनता स्थापना गर्न चाहन्छौं । पुरानो पूँजीवादी जनवादी क्रान्तिभन्दा यस पूँजीवादी जनवादी क्रान्तिमा निर्णायक महत्व राख्ने क्रान्तिको नेतृत्व, शत्रु, क्रान्तिपछि स्थापित हुने राज्यसत्ता र त्यसको विकासको दिशा जस्ता नयाँ कुरा र विषयवस्तुहरु छन् ।
एक, क्रान्तिको शत्रु – सामन्तवादको स्थानमा उ सहित साम्राज्यवाद, दलाल नोकरशाही पूँजीवाद, नयाँ पूँजीवादी जनवादी क्रान्तिको शत्रुको रुपमा उपस्थित छन् । यो एउटा महत्वपूर्ण नयाँ कुरा र विषय हो ।
दुई, क्रान्तिको नेतृत्व – साम्राज्यवाद तथा दलाल नोकरशाही पूँजीवाद पूँजीवादकै एउटा विशिष्ट रुप भएकाले क्रान्तिको नेतृत्व पुरानो पूँजीवादी जनवादी क्रान्तिमा जस्तो पूँजीपति वर्गले गर्न सक्दैन । सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पूँजीवाद विरोधी क्रान्तिको नेतृत्व सर्वहारा श्रमजीवी वर्गले मात्र गर्न सक्छ । यो अर्को महत्वपूर्ण नयाँ विषय हो ।
तीन, क्रान्तिपछि स्थापित हुने राज्यसत्ता – यो क्रान्तिले पुरानो पूँजीवादी जनवादी क्रान्तिमा जस्तो पूँजीपति वर्गको राज्यसत्ता स्थापना गर्दैन, वरु सामन्तवाद–साम्राज्यवाद विरोधी सम्पूर्ण वर्ग, तहका जनताको संयुक्त जनवादी राज्यसत्ताको स्थापना गर्दछ । यो पनि अझै अर्को महत्वपूर्ण नयाँ विषय हो ।
चार, क्रान्तिको दिशा – क्रान्तिपछि स्थापित नयाँ पूँजीवादी समाज व्यवस्थाले एकाधिकारी पूँजीवाद तथा साम्राज्यवाद तर्फ होइन यसको विपरीत सामाजवाद तर्फ संक्रमण गर्ने विकासको कार्यदिशा अपनाउंछ । यो पनि अर्को महत्वपूर्ण नयाँ विषय हो ।
यसरी पुरानो पूँजीवादी जनवादमा भन्दा नयाँ पूँजीवादी जनवादमा क्रान्तिको शत्रु, क्रान्तिको नेतृत्व, क्रान्तिपछि स्थापित हुने राज्यसत्ता र क्रान्तिपछि स्थापित समाज व्यवस्थाको विकासको दिशा जस्तो महत्वपूर्ण र निर्णायक महत्व राख्ने मूल कुराहरुका कारण यो क्रान्ति नयाँ खालको पूँजीवादी जनवादी क्रान्ति हो । तसर्थ यस्तो क्रान्तिपछि स्थापित राज्यसत्ता र समाज व्यवस्थाले गर्दा यसलाई नयाँ जनवाद भनिएको हो ।
४. के जनताको बहुदलीय जनवाद नयाँ जनवाद भन्दा तात्विक रुपले भिन्न छ ?
नेकपा (एमाले) ले अगाडि सारेको क्रान्तिको कार्यक्रम र सिद्धान्त जनताको बहुदलीय जनवादले क्रान्तिको नेतृत्व सर्वहारा श्रमिक वर्गले गर्ने, क्रान्तिको शत्रु सामन्तवर्ग, दलाल नोकरशाही पूँजीपति वर्ग र साम्राज्यवादी एवं एकाधिकार पूँजीपति वर्ग भनि घोषणा गरेको छ । क्रान्तिपश्चात् जनताको जनवादी राज्यसत्ता स्थापना गरी त्यसरी स्थापित समाज व्यवस्था वैज्ञानिक समाजतर्फ संक्रमण गर्ने क्रान्तिले विकासको दिशा पनि वैज्ञानिक बनाएको छ । नयाँ जनवादी क्रान्तिमा यी मूलभूत विषयहरुमा जनताको बहुदलीय जनवादले आफ्नो पक्षधरता प्रकट गरेको छ । आफ्नो कार्यक्रममा सामेल गरेको छ । यस्ता मूलभूत तथ्यहरुले नेकपा (एमाले) क्रान्तिकारी कम्युनिष्ट पार्टी हो र यसको कार्यक्रम जनताको बहुदलीय जनवाद नयाँ जनवादी कार्यक्रम हो भन्ने स्पष्ट भएको छ । नेपाली कांगे्रस पार्टीले क्रान्तिको नेतृत्व, शत्रु शक्ति, क्रान्तिको अधिनायकत्व र समाजको दिशा जस्ता मूलभूत विषयमा कहिल्यै पनि र कहीं पनि उसले आफ्नो प्रतिबद्धता जाहेर गरेको छैन । न त त्यसले सामन्तवादको विरोध गरेको छ न त साम्राज्यवादको नै । आधुनिक जमानामा क्रान्तिका यी चार मूलभूत कुराहरु छाडेर न त सामाजिक क्रान्ति हुन्छ न त राष्ट्रिय स्वाधीनता नै प्राप्त हुनसक्छ । यी विषयवस्तुहरु क्रान्तिका सारभूत कुराहरु हुन् । शासन प्रणाली त केवल रुप पक्ष मात्र हो । राजनैतिक शासन प्रणालीमा एकदलीय वा बहुदलीय हुने कुराले त्यो राज्यसत्ता नयाँ जनवादी हो कि होइन ? भन्ने कुराको फैसला हुँदैन । एकदलीय राजनैतिक एकाधिकारवाद नै माओवाद÷विचारधारा तथा नयाँ जनवाद भन्ने माओवादीको अन्य संकीर्णतावादी कम्युनिष्ट पार्टीहरुको कुरा माक्र्सवादी सिद्धान्त बारे आफ्नो अज्ञानता प्रदर्शन गर्नुमात्र हो । शासन प्रणालीमा एकदलीय कि बहुदलीय भन्ने कुरा सिद्धान्तको सवाल होइन । यो क्रान्तिकालीन एवं क्रान्तिपछिका विशिष्ट परिस्थितिले निर्धारित गर्ने कुरा हो । वर्ग, संस्कृति, जाित, भाषा, धर्म र अन्य विषयमा रहेका विविधता र वहुलताले गर्दा नेपाल बहुलवादी समाज हो । तसर्थ जनताको बहुदलीय जनवाद जनताको जनवादी व्यवस्थाको सारतत्व भएको बहुदलीय प्रतिस्पधात्मक राजनैतिक शासन प्रणालीको स्वरुप ग्रहण गरेको नेपाली क्रान्तिको मौलिक कार्यक्रम र नेपालको विशिष्ट परिस्थिति अनुरुप कार्यान्वयन गरिने नयाँ जनवाद नै हो ।
५. जनताको बहुदलीय जनवादका दार्शनिक आधारहरु
द्वन्द्वात्मक भौतिकवादका तीन नियमहरुमा कसरी जनताको बहुदलीय जनवाद समाविष्ट भएको छ ? कसरी ‘जवज’ ले द्वन्द्वात्मक भौतिकवादका नियमहरुसँग संगति राख्ने सिद्धान्त र कार्यक्रमहरु अगाडि सारेको छ त ? यो अत्यन्त महत्वपूर्ण हो । यसबारे छलफल गरौं ।
क) प्रतिपक्षीहरुको एकत्व र संघर्षमा जनताको बहुदलीय जनवाद – कुनै पनि वस्तु, पदार्थ, घटना वा समाज प्रतिपक्षीहरुको एकत्व र संघर्षका परिणाम हुन् । यो नियमका दुई पक्षहरु छन् । एकत्व र संघर्ष । प्रतिपक्षीहरुको एकत्वले नै कुनै वस्तु, पदार्थ, घटना, समाजको अस्तित्व कायम हुन्छ । प्रतिपक्षहरु कुनै पनि वस्तु, पदार्थ, घटना वा समाजका आन्तरिक पक्षहरु, प्रवृत्तिहरु र शक्तिहरु हुन्, जो एक अर्काका विरोधी (अपवाद) हुन्छन्, साथै एक अर्कोमा आश्रित पनि हुन्छन् । कुनै वस्तु, पदार्थ, घटना, समाजका प्रतिपक्षीहरुको चरित्र सर्वव्यापी र सर्वकालिक हुन्छन् । प्रतिपक्षीहरुले एक अर्कालाई निषेध गर्ने मात्र होइन एकले अर्कोको अस्तित्व अनिवार्य पनि ठान्दछ । कुनै पनि वस्तु, पदार्थ, घटना, समाजमा अन्तरविरोध अर्थात् प्रतिपक्षीहरुको संघर्ष नै पदार्थ तथा चेतनाको विकासको मूल श्रोत हो । कम्युनिष्ट तथा माक्र्सवादीहरुले आफ्नो दर्शनमा प्रतिपक्षीहरुको एकत्व र संघर्ष स्वीकार्ने तर राज्ययन्त्र तथा शासनतन्त्रमा संघर्ष र अन्तरविरोध स्वीकार नगर्ने, एकतन्त्रीय ढंगले चलाउन खोज्ने कुरा माक्र्सवादसम्मत हुन सक्छ ? सक्दैन । ब्रम्हाण्डको सबै वस्तु, पदार्थमा प्रतिपक्षहरुको एकत्व र संघर्ष देख्ने सर्वहारा श्रमजीवी वर्गको पार्टी कम्युनिष्ट पार्टीले क्रान्ति सम्पन्न गर्ने बित्तिकै राज्ययन्त्रलाई, शासनतन्त्रलाई एकमना ढंगले, एकलौटी ढंगले चलाउन खोज्ने दृष्टिकोण कसरी माक्र्सवादी दर्शन अनुरुप हुन्छ ? जनताको बहुदलीय जनवादले वर्गीय समाजमा क्रान्तिका पक्षधर शक्तिहरुको बीचमा संवैधानिक प्रतिस्पर्धा र वैधानिक संघर्षको वकालत गरेको छ । राष्ट्रवादी शक्तिहरु जो राष्ट्रिय स्वाधीनताको पक्षधर हुन्छन्, राष्ट्रिय पूँजीपति एवं धनी किसान र साना जमिन्दारहरुको पार्टी, अन्य वर्गहरुका पक्षधरबीच सर्वहारा श्रमजीवी वर्गको पार्टीको बीचमा वर्गीय स्वार्थहरुमा वैरभाव वा अन्तरविरोध हुन्छन्, विचार, कार्यक्रम, दृष्टिकोण, प्रवृत्तिहरुमा संघर्ष हुन्छन् र त्यो संघर्षले नै त्यो समाज व्यवस्थाको विकास सम्भव हुन्छ भन्ने ठान्छ जवज । सामन्तवर्ग, दलाल पूँजीपति वर्गको उच्छेद पछि अन्य वर्गहरुको एकत्वले त्यो जनताको बहुदलीय जनवादी राज्यसत्ता तथा समाज व्यवस्था को अस्तित्व कायम रहन्छ । व्यवस्थापिकामा हुने बहुमतले सरकार चलाउंछ, विधेयकहरु बनाउंछ, नीति कार्यक्रम लागु गर्छ र त्यसमा प्रतिपक्षले विरोध, आलोचना गर्दछ उनीहरुबीचको त्यो संवैधानिक संघर्षले त्यो समाज अगाडि बढिरहन्छ । प्रतिपक्ष नभइकन सत्तापक्ष रहँदैन भने सत्तापक्ष नभइकन प्रतिपक्ष पनि रहँदैन । राजनीतिमा बहुदलीय प्रतिस्पर्धालाई अस्वीकार गर्नु एकदलीय एकाधिकारको पक्षधरता हुनु हो । बहुदलीय सहयोगात्मक प्रणालीको वकालत÷अभ्यास गर्नु पनि प्रतिपक्षीहरुको एकत्व र संघर्षलाई अस्वीकार गर्नु हो । यो माक्र्सवादी सिद्धान्त र दर्शन विरोधी कुरा हो । नेपाली समाजमा रहेको जातिय, भाषिक, वर्गीय, सांस्कृतिक विभेद, शोषण, उत्पीडनलाई स्वीकार गर्ने तर तिनीहरुबीचको राजनीतिक बहुलता र विविधता अस्वीकार गर्ने सिद्धान्त जतिसुकै क्रान्तिकारी भए पनि व्यवहारिक देखिंदैन ।
(ख) परिमाणात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन संक्रमणमा जनताको बहुदलीय जनवादः– परिमाणात्मक परिवर्तनबाट गुणात्मकपरिवर्तनमा संक्रमण भौतिक जगतको विकास, गतिको सार्वभौम नियम हो । निश्चित तापक्रम अन्तर्गत निश्चित ताप पाइसकेपछि निश्चित समय बितिसकेपछि मात्र अण्डाबाट चल्ला निस्कन्छ भन्ने कुरा हामीलाई थाहा नै छ । यसरी नै समाज विकासको क्रममा पनि सामन्तवादबाट पूँजीवादतर्फबो संक्रमण पनि निश्चित परिमाणात्मक परिवर्तनका पूर्वाधारहरुको प्रतिफल हो । जस्तो – सामन्तवादका उत्पादक शक्तिहरुको विकास, उत्पादनको सामाजिक चरित्रमा बृद्धि, किसान मजदूर वर्गको पार्टीको स्थापना र विकास, मजदुर, किसानको शक्तिमा बृद्धिले गर्दा समाज विस्तारै सामन्तवादबाट पूँजीवादमा फड्को हान्छ र पूँजीवादी व्यवस्थाको स्थापना हुन्छ । त्यसैगरी कुनै पनि वस्तु, समाज, पदार्थको परिमाणात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनले फड्को मारी नयाँ समाज, वस्तु वा पदार्थमा रुपान्तरित हुन्छ । यस प्रक्रियामा विकासले अविछिन्नता (क्रमिकता) र विधिन्नता (क्रमताभंग, छलाङ) को एकत्वको प्रतिनिधितव गर्दछ । यो नियम अनुसार, अविछिन्नता र विधिन्नताबीच एकत्व र संघर्ष चलिरहन्छ । यी दुईपक्ष मध्ये परिमाणात्मक परिवर्तन (अविछिन्नता) मात्र बुझियो र गुणात्मक परिवर्तन मार्फत् फड्को (विधिन्नता) बुझिएन भने सुधारवादमा फस्दछौं । ठीक यसको विपरीत गुणात्मक परिवर्तनसहित फड्कोलाई मात्र जोड दिने तर मात्रात्मक परिवर्तनलाई बिर्सियो भने उग्रवामपंथी गल्ती गर्न पुग्दछौं ।
तसर्थ जनताको बहुदलीय जनवादले क्रान्तिपश्चात् स्थापित हुने जनताको जनवादी राज्यव्यवस्थामा मात्रात्मक परिवर्तन भई गुणात्मक परिवर्तन मार्फत् समाजवादी व्यवस्थामा छलाङ् (फड्को) हान्न मानोगत हतारो गर्नुहुन्न । अपेक्षित लामो समय चाहिन्छ भनेर जनताको जनवादी व्यवस्थाको सुदृढीकरणको व्यवस्था गरेको छ । हामी सैद्धान्तिक आग्रहबाट पे्ररित भएर भौतिक परिस्थिति विना नै समाजवादमा पुग्ने हतारो गर्ने कुराको विपक्षमा छौं । चिनियाँ जनवादी क्रान्तिपश्चात् १९५६ मा ‘गे्रड लिप फरवार्ड’ (महान छलाङ) भन्दै नयाँ जनवादी व्यवस्थाको स्थापनाको छ सात वर्षको अत्यन्तै कम समयमा समाजवादमा छलाङ मार्ने उग्रवामपन्थी गल्तीको परिणाम कति दुःखद् भयो, हामीले देखेका छौँ । सन् असीको दशकमा सोभियत समाज समाजवादबाट साम्यवादमा पुग्ने स्थिति आयो भनेर बे्रजनेभको कार्यकालमा साम्यवादमा पुग्ने उग्रवाम हतारोले गर्दा समाजवादमा प्रतिक्रान्ति भएर पूँजीवादी स्थापना भएको विगतको कम्युनिस्ट आन्दोलनको तीतो अनुभवबाट शिक्षा लिनुपर्दछ । तसर्थ जनताको जनवादी सत्ताले मुलभूत रुपमा तीनवटा विशेष अवधि पार गर्न अनिवार्य हुन्छ भन्ने विचार अगाडि सारेकोछ । पहिलो– पुरानो व्यवस्थाको शोषण उत्पीडनका अवशेषहरु सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने अवधि, दोस्रो– नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने अवधि र तेस्रो– समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर भौतिक एवं सांस्कृतिक तयारी गर्ने अवधि । यस्ता ठोस कुराहरु सम्पन्न गर्न अपेक्षाकृत रुपमा लामो समय चाहिन्छ । हामीहरु एउटा खुट्टा दह्रोसँग नटेकी अर्को खुट्टा उचाल्ने र हाम फाल्ने पथमा छैनौं । अझ हामीले नयाँ जनवादी –जबज) व्यवस्थामा पनि बहुदलीय पद्धति अपनाउने प्रतिबद्धता प्रकट गरेका छौं । यसको अर्थ बल प्रयोग र जोरजबर्जस्तीबाट होइन, नेतृत्व, पहलकदमी र सहकार्यबाट यी कुराहरु प्राप्त गर्न चाहन्छौं । सच्चा माक्र्सवादीहरुले अवलम्बन गर्नु पर्ने सिद्धान्त यही हो ।
कुनै पनि वस्तुको विकासको यो नियममा गुणात्मक चरित्रलाई नकार्नु तर टड्कारो रुपमा नदेखिने परिणामहरुमा मात्र विकासलाई सीमित तुल्याउन खोज्ने चिन्तन र दृष्टिकोण अधिभौतिकवादी चरित्र अंगाल्नु हो र दक्षिणपन्थी सुधारवादीमा फस्नु हो । खासगरी, नेकपा (एमाले) यो सोंच र दृष्टिकोणको दलदलमा फस्ने कुरामा हमेसा चेतनशील र सजग रहनुपर्छ । त्यसैगरी विकासको यो सार्वभौमिक नियमलाई अधिभौतिकवादी ढंगले सोंची गुणात्मक फड््को, छलाङ र क्रमभंगताको मात्र वकालत गर्ने अनि परिणाम अपेक्षाकृत रुपमा टड्कारो नदेखिने भन्दै मात्रात्मक परिवर्तनमा जोड नदिने प्रवृत्तिले अन्ततोगत्वा प्रतिक्रान्ति निम्त्यिाउन सक्ने कुराबाट सजग हुनुपर्छ । एनेकपा (माओवादी) यो रोगबाट गम्भीर रुपमा पीडित छ, पेटीबुर्जुवा प्रवृत्तिका कारण हतारो गर्ने उग्रवामपन्थीहरु यो रोगका शिकार हुन्छन् । बुर्जुवाहरु र संशोधनवादीहरु सामाजिक विकासका फड्काहरुको अस्तित्वलाई अधिभौतिकवादी तरिकाले अस्वीकार गर्दछन् र मात्रात्मक परिवर्तनलाई स्वीकार गर्दछन् । त्यसैगरी अराजकतावादी अतिवादीहरु प्रिमाणात्मक परिवर्तनलाई बेवास्ता गर्दछन् र सामाजिक विकासलाई फड्काहरुमा अविच्छिन्न भ्रमको रुपमा मात्र बुझ्दछन् । नेपालका माओवादीहरु फड्को र छलाङको वकालत गर्नेक्रममा फ्रान्सेली दार्शनिक क्यूमेको प्रलय, छलाङ, महाविपत्ति सिद्धान्तबाट प्रभावित भएर क्रमभंग, छलाङ, महाविपत्ति र क्रान्तिका वकालत गर्दै क्रान्तिकारी लफ्फाजी एवं रोमान्स बाँड्ने काम गरिरहेका छन् जुन अत्यन्त हानिकारक विचार हो । अराजकतावादी, उग्रवादीहरु शक्ति संचय गर्ने, जनसमुदायलाई संगठित गर्ने र विस्तारै उनीहरुलाई क्रान्तिकारी काममा सरीक तुल्याउने दीर्घकालीन र कठीन कार्य मन पराउँदैनन् । माक्र्सवादी, लेनिनवादी, क्रान्तिकारीहरु सामाजिक विकासमा पुरानो गुणबाट नयाँ गुणतर्फ स.क्रमण हुने कुरा दू्रत वा तीब्र परिवर्तनको रुपमा हुनाका साथै क्रमिक रुपमा पनि हुन सक्दछ । तसर्थ, क्रान्तिको नमूना, ढाँचा, बाटो कस्तो हुने भन्ने कुरा मुलुकको ऐतिहासिक विशिष्टतामा निर्भर रहन्छ । तसर्थ रुसी क्रान्तिको नक्कल गर्ने छन् तु स्यू, चीनियाँ क्रान्तिका नक्कल गर्ने नक्सलवादी र नेपालका माओवादीहरुले क्रान्तिमा भ्रान्ति सिर्जना गर्नुबाहेक केही गर्न सकेका छैनन् ।
ग) निषेधको निषेधसम्बन्धी नियम र जनताको बहुदलीय जनवादः– प्रतिपक्षहरुको एकल र संघर्षको नियम र जनताको बहुदलीय जनवाद प्रतिपक्षहरुको एकल र संघर्षको नियम विकासको स्रोतको नियम हो, मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनमा संक्रमणको नियमले विकासको नियम निर्धारण गर्दछ भने निषेधको निषेधसम्बन्धी नियमले भौतिक जगतको विकासको सामान्य प्रवृत्ति र दिशा निर्धारण गर्दछ । हरेक वस्तु, पदार्थमा पुरानोको ठाउँ नयाँले लिनु विकास हो भने पुरानोको आधारमा उत्पन्न भएको तथ्यले पुरानोलाई स्थापित गर्नुनकार वा निषेध हो । लेनिनले निषेधको निषेधसम्बन्धी नियम सम्बन्धमा निषेध भनेको ‘फोस्रो र सतही निषेधको माक्र्सवादी द्वन्द्ववादका लागि स्वभाविक कुरा होइनन्, माक्र्सवादको लागि त निषेध त सम्बन्ध र विकासको त्यो क्षण हो, जसले सकारात्मक पक्षको संरक्षण गर्दछ ।’ नयाँले पुरानोलाई निर्मुल पार्दैन, बरु त्यसमा विद्यमान सबै सकारात्मक पक्षहरुको संरक्षण गर्दछ, अझ तिनको संस्कार पनि गर्दछ र तिनलाई नयाँ अझ उच्चस्तरमा पु¥याइन्छ ।
मानव समाज आदिम साम्यवाद हुन्छ, यहाँसम्म आइपुगेको हो । समाजको यस विकासक्रममा मानव समाजले कैयौं नियम, सिद्धान्त र सभ्यता र दृष्टिकोण निर्माण गरेको छ । तिनीहरुमध्ये कतिपय नकारात्मक पक्षहरु नष्ट हुँदै विलिन हुँदै गएका छन् भने कतिपय नियम, संस्कार, सिद्धान्तहरुका सकारात्मक पक्षहरु संरक्षण हुँदै परिस्कृत हुँद्यै अझ उन्नत र उच्चस्तरमा यहाँसम्म आइपुगेका छन् । तिनीहरु कुनै वर्ग विशेषको, राज्यबाहेक विशेषको, कुनै तथ्य वा जाति विशेषको पेवा र सिर्जना मात्र होइनन् । तिनीहरु मनव समाज र सभ्यताले निर्माण गरेका मानव जातिको अब्बल निधिहरु हुन् । यही सन्दर्भमा मानव समाजले विभिन्न चरित्रका राज्य व्यवस्थाले विकसित गरेका सकारात्मक मूल्य मान्यताहरु, नियम, सिद्धान्तहरुलाई संरक्षण गर्दै, परिस्कृत गर्दै अझ उन्नत र उच्चस्तरमा बर्तुलाकारमा विस्थापितट गर्दछ । संविधानको सर्वोच्चता, मानवअधिकारको रक्षा, आवधिक निर्वाचन, कानुनको शासन, शक्ति पृथकीकरण, लोकतन्त्रका आधारभूत मूल्य र मान्यताहरु निषेधको निषेधको नियम अनुसार नै मानव समाजको विकसित गरेका सिद्धान्त, नियम, मूल्य मान्यताहरुको सकारान्त्मक पथहरुको संरक्षण गर्ने विनियमहरुको अझ उच्च र उन्नतस्तरमा विकसित गर्ने सिद्धान्तलाई जनताको बहुदलीय जनवादले अख्तियार गरेको छ । अराजकतावादी र संकिर्णतावादीहरु पुरानोको पूर्ण परित्याग र उन्मूलन नै निषेध हो भन्ठान्छन् र संवैधानिक सर्वोच्चता, आवधिक निर्वाचन, कानुनको शासन, शक्ति पृथकीकरण, मानव अधिकारको रक्षा र लोकतन्त्रका मूलभूत मान्यताहरु पुँजीवादीले सिर्जना गरेका उनीहरुको पेवा हो भन्ठान्छन् । त्यसैलाई पूर्वरुपमा नकार गर्ने अधिभूतवादी दृष्टिकोण अंगाल्छन् र उग्रवामपन्थी वा संकिर्णतावादी गल्ती गर्न पुग्दछन् । यो माक्र्सवादी–लेनिनवादी दर्शन र सिद्धान्तको हिसाबले गम्भीर भड्काउ हो । यसको ठीक विपरीत पुँजिवादपन्थी तथा सुधारवादीले पुरानोको लक्षणहरुको जस्ताको तस्तै संरक्षण गर्दछन् र उसले नकारात्मक पक्षको निषेध र सकारात्मक पक्षहरुको संरक्षणको वकालत गर्दैनन् । संकिर्णवादीहरु पुरानोले नयाँको निषेध गर्ने कुराको पक्षपोषण त गर्दछ तर त्यसको सकारात्मक र नकारात्मक पक्ष दुवैलाई निषेध गर्न अधिभौतिकवादी गल्ती गर्दछन् । विकास अर्थात् विगतको चरणहरुको पुनरावृत्ति र अझै बढी उच्चस्तरमा पुनरावृत्ति (निषेधको निषेध), अर्को शब्दमा भन्ने हो भने सिधा (सोझो) पद्धतिमा नभई बर्तुलाकारमा विकास नै निषेधको नियम हो भन्ने लेनिनको कुरासँग कहाँ संमति र संगति राख्दछ ? माओवादीहरुको कुरा ? संसद, बहुदल, पे्रस स्वतन्त्रता, शक्ति पृथकीकरण र कानुनको शासन भन्नेवित्तिकै बाह्रहात उपे्रmर धारे हात लगाउने माओवादीहरुमा यही अधिभौतिकवादी चिन्तन हावी छ ।
६. जनताको बहुदलीय जनवादका सैद्धान्तिक आधारहरु
६.१. क्रन्तिको बाटो– विशिष्ट परिस्थितिमा आधारित संघर्ष र संगठनको सवाल संसारभरमा नयाँ पूँजीवादी जनवादी क्रान्तिका आधारभूत लक्षणहरु भनेका क्रान्तिको नेतृत्व सर्वहारा श्रमजीवि वर्ग हुने, क्रान्तिको शत्रु सामन्त वर्ग, दलाल नोकरशाही पूजीपति वर्ग र साम्राज्यवाद वा एकाधिकार पूजिपतिहरु हुने, क्रान्तिपश्चात् स्थापित राज्यसत्ता जनताको जनवादी राज्यसत्ता हुने तथा स्थापित नयाँ जनवादी समाजको विकासको दिशा समाजवाद उन्मुख हुने कुराहरु हुन । तर हरेक क्रान्तिका आम पक्ष र विशिष्ट पक्षहरु हुन्छन् । क्रान्तिको बाटो क्रान्तिको विशिष्ट पक्षसंग सम्वन्धित विषय हो । किनकी क्रान्तिको विकास गरी यसलाई विजयसम्म पु¥याउने संगठन र वर्ग संघर्षका पक्षहरु पनि फरक फरक हुन सक्छन् । यो क्रान्तिको विशिष्ट पक्षहरु हुन् । संशोधावादीहरु समाज विकासका र त्यसमा पनि खासगरी जनताको बहुदलीय जनवादी विकासका सामान्य नियमहरुलाई अस्विकार गर्दछन् र विभिन्न देशमा विशेष वा विशिष्ट राष्ट्रिय अवस्थालाई नैं मुख्य वा आम ठान्ने गल्ती गर्दछन् । यसको परिणामस्वरुप जनताको बहुदलीय जनवाद हुदै वैज्ञानिक समाजसम्म पुग्ने विशिष्ट(राष्ट्रिय) बाटोको आवश्यक रहने धारणालाई उनीहरु वैज्ञानिक समाजवादी सिद्धान्तको विरुद्ध उभ्याउने गल्ती गर्दछन् (नेमकिपा) । जडसुत्रवादीहरु चाहि क्रन्ति निश्चित ऐतिहासिक अवस्था वा विशिष्टतालाई ध्यानमा राख्नुपर्ने आवश्यकताको बेवास्ता गर्दछन् र सबै ठाउँमा क्रन्ति एउटै बाटोबाट, प्रक्रिया÷तरिकाबाट सधैंका लागि तयार पारिएको सुत्र अनुसार सम्पन्न हुन्छ भन्ने ठान्दछन् यो दृष्टिकोण र विचारले क्रन्तिको फोटोकपी गर्ने वा क्रान्तिलाई अयात निर्यातको विषय ठान्न पुग्दछन् ।
यसको विपरित माक्र्सवादी–लेनिनवादीहरु क्रान्तिमा आम नियमहरु अनिवार्य हुन्छ, यो सर्वव्यापी हुन्छ । तर कुनै पनि देशको राष्ट्रिय विशेषता र विशिष्टताको वेवास्ता गरेर होइन, बरु निश्चित ऐतिहासिक आवश्यकताको रचनात्मक र श्रृजनात्मक उपयोग गर्ने माग गर्दछ । विभिन्न देशको आर्थिक विकासको स्तर समान हुदैन र प्रत्यक देशमा वर्गिय शक्तिहरुको वीचको सम्वन्ध पनि फरक फरक हुन्छ । विभिन्न देशको राष्ट्रिय एवं ऐतिहासिक परिस्थितिमा ठूलो अन्तर पाइन्छ । यी सब कारणहरुले गर्दा विभिन्न देशमा क्रान्ति सम्पन्न गर्ने, जनताको बहुदलीय जनवादी समाज व्यवस्थामै समाजवादमा संक्रमणका रुपहरु र तरिकाहरुमा आफ्नै किसिमका विशेषताहरु हुन्छन् र तिनको परिवर्तन र विकासको गति पनि फरक फरक हुन्छ । प्रत्यक देशको निम्ति विशिष्ट राष्ट्रिय विशेषताहरुमाथी राम्ररी ध्यान दिदै त्यसैको अनुरुप नयाँ जनवादी क्रान्तिका आम वा सामान्य नियमहरु र कार्यान्वयनका पक्षहरु र तरिकाहरु पहिल्याउनु माक्र्सवादी–लेनिनवादी पार्टीको महत्वपूर्ण कार्यभार हो भन्ने ठान्दछन् । तसर्थ क्रान्तिको बाटो बस्तुगत परिस्थितिको उपज हो । कुनै बनिबनाउ सुत्रको प्रयोगन वा नक्कलको बाटो होइन । क्रान्तिकारी लक्ष्य प्राप्त गर्न उपलव्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र वर्ग संघर्षको अवस्थाको आधारमा कसरी धेरै भन्दा धेरै जनतालाई संगठित गर्न र संघर्षमा परिचालित गर्न सकिन्छ, त्यसैको आधारमा क्रान्तिकारी संघर्षको विकास र विजयको निम्ति संगठन र संघर्षका तमाम रुप र तरिकाहरुमा जोड दिने भन्ने विषय नैं क्रन्तिको बाटोको सवाल हो । यसरी नै नेपाली क्रन्तिको विशिष्ट बाटो के हो भन्ने कुराको छिनोफानो गर्न सकिन्छ । क्रान्ति सम्पन्न गर्ने बाटोको हिसावले वर्ग समन्वय वा वर्ग सम्झौता होइन, वर्ग संघर्ष आम र आधारभूत कुरा हो । तर कस्तो रुप अपनाउने भन्ने कुरा परिस्थितिमाथी भर पर्ने विशिष्ट कुरा हो । माक्र्सवादले संगठन र संघर्षका कुनै एउटा मात्र रुपलाई क्रान्तिकारी संघर्षको एक मात्र र अन्तिम रुप मान्दैनन् । लक्ष निर्णायक र अनिवार्य तत्व हो । तर बाटो त्यसलाई प्राप्त गर्ने साधन मात्र हो । लक्ष्य प्रमुख हो, साधन गौण हो । जुन साधनबाट लक्ष्यमा पुग्न सकिन्छ, त्यसलाई माक्र्सवादीहरुले दृढतापूर्वक प्रयोग गर्नुपर्दछ । नेपालको अहिलेको विशिष्ट परिस्थिति भनेको शान्तिपूर्ण संघर्षको परिस्थिति हो । अहिले हाम्रो बर्गिय संघर्ष र अन्तरविरोधले हिंसात्मक रुप ग्रहण गरेको पनि त्यो पुनः शान्तिपूर्ण संघर्षमा प्रवेश गरेको छ र शान्तिपूर्ण संघर्ष ०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनपछि प्रखर रुपमा संसदीय संघर्षको घेराभित्र छ । जनबलको आधारमा गरिने सडक संघर्ष संसदीय घेराभित्रको संघर्षलाई उछिन्न सकेको छैन । संघर्षको कुन रुप प्रमुख र निर्णायक हुन्छ, त्यो वर्ग संघर्षबाट तय हुन्छ । कुनै नेताको कल्पना र कुनै शास्त्रिय ग्रन्थबाट प्राप्त हुदैन । नेपालका कम्युनिष्टहरुमा एकथरि हरेक हालतमा शान्तिपूर्ण संघर्षमा जोड दिने र हिंसात्मक संघर्षको आवश्यकता नै नदेख्ने प्रवृत्ति छ, यो दक्षिणपन्थी प्रवृत्ति हो । नेमकिपा, संयुक्त, माले, माले (समाजवादी), मसाल जस्ता पार्टीहरु यही कित्तामा देखिन्छन् । नेपालका अर्काथरि कम्युनिष्टहरुमा हरेक हालतमा हिंसात्मक संघर्षमा मात्र जोड दिने र शान्तिपूर्ण संघर्षको आवश्यकता नै नदेख्ने वा प्रयोग गरिरहने तर त्यसको औचित्यतालाई अस्विकार गर्ने प्रवृत्ति भएका एनेकपा (मा) र नेकपा (मा) रिभुलुस्नरी कम्युनिष्ट लिग जस्ता उग्रवामपन्थीहरु देखिन्छन् । यो उग्रवामपन्थी प्रवृत्ति हो । संघर्षको रुप र तरिका आम हुन सक्दैनन् । परिस्थििति अनुसार फरक फरक हुन सक्दछन् । त्यसैगरी संगठनका रुप र तरिकाहरु पनि नत शान्तिपूर्ण मात्र हुन्छन् भनेर सामान्यकृत गर्न सकिन्छ नत हिंसात्मक मात्र भनेर । तसर्थ क्रान्तिको लक्ष्य जनताको बहुदलीय जनवाद हुदै समाजवाद , साम्यवाद प्राप्त गर्नु हो भने त्यसलाई प्राप्त गर्ने क्रान्तिको बाटो मुलुक अनुसारका विशिष्टतामा निर्भर रहन्छ । हाम्रो पार्टीले नयाँ जनवादी क्रान्तिका लक्ष्य (साध्य) आम हुन्छ भने त्यसलाई प्राप्त गर्ने बाटो (साधन) विशिष्ट हुन्छ । बाटो जस्तोसुकै भए पनि (हिंसात्मक वा शान्तिपूर्ण) लक्ष्य नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु हो भन्ने कुरालाई अघि बढाएकोछ ।
माक्र्सवादी दर्शनमा द्धन्दात्मक भौतिकवादको आम र विशिष्ट वा ब्याष्टि र समष्टिबीचको द्धन्दात्मक सम्वन्ध हुन्छ भन्ने कुरालाई नेकपा (एमाले) ले आफ्नो व्यवहारमा कार्यान्वयन गरेको छ । यसले के जाहेर गर्दछ भने नेकपा (एमाले) माक्र्सवादी सिद्धान्त र व्यवहारवीचको एकरुपता र अन्तरसम्वन्धमा जोड दिने सच्चा माक्र्सवादी लेनिनवादी पार्टी हो । एकिकृत नेकपा (माओवादी) ले नेपाली क्रान्तिका निश्चित ऐतिहासिक अवस्थालाई ध्यानमा राख्नुपर्ने अवस्थाको वेवास्ता गर्दै सबै ठाउँमा क्रान्ति एउटै ढंगले तथा सधैंका लागि चिनिया क्रान्तिमा तयार पारिएको गाउँले शहरलाई घेराउ गरी सत्ता कब्जा गर्ने दीर्घकालिन जनयुद्धको सुत्र अनुसार २०५२ फागुन १ गतेदेखि जनयुद्धद्वारा क्रान्ति सम्पन्न गर्ने क्रान्तिकारी रोमान्समा होमियो । यसको दुष्परिणाम के भयो ? यसको परिणाम २०५७ सालमा पुग्दा नपुग्दै फेरि नेपाली विशिष्टता र विशेषतालाई नजर अन्दाज गर्दै शहरी विद्रोह र ग्रामिण जनयुद्धको फ्युजन भन्दै निकारागुवाली क्रान्तिको मोडेललाई नेपाली क्रान्तिको मोडेल भन्ने अभौतिकवादी, कठमुल्लावादी तथा पुच्छरवादी नीति अवलम्वन गर्न पुग्यो । परिणामतः माओवादी प्रचण्डपथ र क्रान्तिको बाटोले एक दशक पुग्दा नपुग्दै आफ्नो औचित्यता सावित गर्न नसकी क्रान्तिमा गम्भिर धक्का वेहोर्नुप¥यो । र, शान्ति सम्झौता मार्फत कुकुरको टाउको झुण्डाएर खसीको मासु बेच्ने (उसको शव्दमा) संसदमा (घुमिफिरी रुम्जाटार भनेझै) प्रबेश ग¥यो । यो माओवादीले अख्तियार गरेको क्रान्तिको बाटोको असफलता थियो । उसले अबलम्बन गरको हरहालतमा बर्ग संर्घष भनेको हिम्सात्मक मात्र हुन्छ भन्ने सिद्धान्तको असफलता थियो । उसले निर्माण गरेको सैन्यवादी पार्टी संरचनाको स्वरुपको औचित्यता समाप्तीको प्रमाण थियो । तसर्थ नेकपा एमालेले अगाडि सारेको नेपाली क्रान्तिको कार्यक्रम र सिद्धान्त जनताको बहुदलीय जनवादले अक्तियार गरेको क्रान्तिको बाटोको, औचित्यता पुनः पुष्टि भएको छ ।
६.२. क्रान्तिपूर्व सरकार गठन र संचालन–
क्रान्तिकारी शक्ति संचयको लागि उपरी ढांचाको उपयोग गर्ने नीतिः– समाज भनेको निश्चित सामाजिक–आर्थिक संरचना हो । त्यस्ता आर्थिक–सामाजिक संरचनाको निश्चित आर्थिक आधार हुन्छ र त्यही आधारको चरित्र र सार अनुरुपको उपरिढाँचा (क्गउभचकतचगअतगचभ) स्थापित भएको हुन्छ । कुनै पनि सामाजिक व्यवस्थाको उपरीढांचा अर्थात आधेयले त्यस समाजको राजनैतिक, दार्शनिक, वैचारिक, नैतिक, सांस्कृतिक र प्रशासनिक संघ संस्थाहरुको प्रतिविम्व वोकेको हुन्छ । आर्थिक आधारले नै आधेयको सिर्जना गर्दछ । र आधेयले आधारको निर्माण वा ध्वंसमा प्रभावकारी भूमिका खेल्दछ । कुनै पनि सामाजिक–आर्थिक आधार सार पक्ष हो भने आधेय रुपपक्ष हो । यिनीहरुको बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । तसर्थ माक्र्स र एंगेल्सले ‘जुन वर्गले समाजको सत्तारुढ भौतिक शक्तिको प्रतिनिधि गरेको हुन्छ र त्यो नै त्यसबेलाको सत्तारुढ बौद्धिक शक्ति पनि हुन्छ’ भन्नुभएको छ ।
जुनसुकै समाजको आधेयमा पनि यस्ता चिरस्थायी तत्वहरु हुन्छन् जुन सम्पूर्ण मानव जातीको लागि नै अति महत्वपूर्ण हुन्छन् । क्रमिकताले गर्दा प्रत्येक समाजको आधेयले गर्दा ज्यादै जटिल रुप लिएको हुन्छ र पुरानो समाजबाट अन्तरदेनको रुपमा प्राप्त बीचारहरु र संस्थाहरु साथै नयाँ आर्थिक आधारबाट उत्पन्न भएका बीचारहरु र संस्थाहरु पनि आधेयले ग्रहण गर्दछ । आर्थिक आधारबाट उत्पन्न भएको आधेयले आधारको विकास वा विनाशमा क्रियाशील भूमिका खेल्दछ । यही दार्शनिक आधारबाट र शान्तिपूर्ण संघर्षका बैधानिक माध्यमबाट जनताको बहुदलीय जनवादले आफ्नो कार्यनीतिक कार्यदिशाको रुपमा क्रान्तिपूर्व सरकार गठन गर्नु र शान्तिपूर्ण संघर्षको संसदीय घेराबाट अघि बढ्ने र यसको उच्चतम विकास शान्तिपूर्ण संघर्ष र बैधानिक प्रतिष्पर्धाबाट सरकार बनाउने (आधेयमा प्रवेश गर्ने) र त्यसबाट जनता, राष्ट्र, लोकतन्त्रको हितमा प्रगतिशील ढंगले अधिकतम सूधार गरी पुरानो आर्थिक आधार (अर्धसामन्ती र अर्ध–औपनिवेशिक आधार) लाई भत्काउने काम गर्नु हो । यो पनि जनसत्ताको स्थापना गर्ने आन्दोलनमा महत्वपूर्ण उपलव्धी हो । शान्तिपूर्ण र बैधानिक माध्यमबाट पुरानो आर्थिक आधारलाई भत्काएर नयाँ उत्पादन पद्धति विकास गर्ने र यो लक्ष्य र उद्धेश्य प्राप्तिको लागि वर्तमान संवैधानिक घेरा भित्रैबाट संसदमा बहुमत प्राप्त गर्ने, सरकार गठन गर्ने र शान्तिपूर्ण ढंगले क्रान्तिको तयारी गर्ने कुरा आधार र आधेय दुविधा रहेको द्वन्द्वात्मक सम्वन्धलाई उपयोग गर्ने नीति हो । विश्व कम्युनिष्ट आन्दोलनमा हाम्रो पार्टीले अवलम्वन गरेको क्रान्तिपूर्व सरकारमा गइ क्रान्तिकारी लक्ष्य प्राप्तिको आधार तयार पार्ने नीति अवलम्वन गरेको छ । क्रान्तिपूर्व सरकार गठनका लागि निर्वाचनमा अन्य बुर्जुवा सुधारवादी पार्टीहरु, उग्रवामपन्थी पार्टीहरु, दक्षिणपन्थी पार्टीहरुसंग बैचारिक र कार्यक्रमिक प्रतिष्पर्धा गर्दै व्यापक जनताको सहयोग र समर्थन लिएर सर्वहारा, श्रमजीवि, किसान, साना व्यवसायी लगायतका जनताका हित र स्वार्थको रक्षा गर्दै क्रान्तिकारी भूमिसुधार मार्फत कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, औधोगिकीकरण गर्ने, राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्ने नीति र कार्यक्रम अगाडि सार्दै लोकप्रिय ढंगले क्रान्तिमा अघि बढ्ने नीति हाम्रो पार्टीको वर्तमान कार्यनीतिको वास्तविकता हो ।
६.३. जनताको जनवादी क्रान्ति सम्पन्न गर्न र प्रतिक्रान्तिप्रति सजग रहने नीतिः
क्रान्ति भनेको के हो ? क्रान्ति भनेको पुरानो सामाजिक–आर्थिक संरचनाको ठाउँमा नयाँ आर्थिक–सामाजिक संरचनाको स्थापना गर्नु क्रान्ति हो । अर्थात् पुरानो उत्पादन पद्दतिको अन्त्य गरी नयाँ उत्पादन पद्दतिको स्थापना गर्नु क्रान्ति हो । राजनीतिक रुपले भन्नुपर्दा पुरानो राज्यसत्ताको अन्त्य गरी नयाँ राज्यसत्ताको स्थापना गर्नु पनि क्रान्ति सम्पन्न गर्नु हो । क्रान्ति भनेको हतियार उठाएर हिंसात्मक मार्गबाट सत्ता प्राप्त गर्नु हो भनेर क्रान्तिको मर्म र मान्यतालाई विकृत पार्ने अराजकतावादी उग्रपन्थीहरुको यो दुनियाँमा कुनै कमि छैन । क्रान्ति भनेको दुईचार जना वीर पराक्रमीहरुको आतंकबाट राज्यसत्ता कब्जा गर्ने कला पनि होइन न त दुईचार जना जर्नेलहरुको गोलावारुदबाट प्राप्त हुने सामाजिक व्यवस्था नै हो । क्रान्ति भनेको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक क्षेत्रमा प्राप्त हुने आमूल परिवर्तनको लागि हुने पुरानो समाजको नयाँ समाजमा छलाङ हो । कुनै पनि समाज व्यवस्थामा उत्पादन पद्धति, त्यसको मूल सार र आधारभूत कुरा हो । उत्पादक शक्ति उत्पादन सम्बन्धको समुच्चय नै उत्पादन पद्धति हो । कुनै पनि उत्पादन पद्धतिमा उत्पादक शक्ति सार र आधारभूत तत्व हो भने उत्पादन सम्बन्ध त्यसको रुप पक्ष हो । उत्पादक शक्तिले उत्पादन सम्बन्ध निर्धारण गर्दछ भने उत्पादन सम्बन्धले उत्पादन शक्तिको विकास वा विनासमा प्रभावित गर्दछ । तसर्थ, उत्पादक शक्तिको प्रगतिशीलताको तुलनामा उत्पादन सम्बन्ध पुरानो भएमा उत्पादक शक्तिको विकासमा बाधा उत्पन्न हुन्छ र त्यस्तो अवस्थामा उत्पादक शक्ति अनुरुप उत्पादन सम्बन्ध स्थापना गर्न क्रान्तिको आवश्यकता पर्दछ । तर यसको ठीक विपरीत उत्पादन सम्बन्धको प्रगतिशीलता र विकासको तुलनामा उत्पादक शक्तिको विकास हुन सकेन भने त्यो सामाजिक, आर्थिक संरचना पुनः पुरानो समाजमा फर्कन्छ । अर्थात् त्यहाँ प्रतिक्रान्ति हुन्छ । तसर्थ जनताको बहुदलीय जनवादले क्रान्तिपश्चात् क्रान्तिलाई बाचाइराख्न समाजलाई बन्द गरेर, राजनीतिमा एकदलीय एकाधिकारवाद कायम गरेर होइन उत्पादक शक्ति र उत्पादन सम्बन्धबीच रहेको द्वन्द्वात्मक सम्बन्धलाई व्यवस्थित र सन्तुलित ढंगले राजनीतिक सत्ता परिवर्तनका साथसाथै आर्थिक उत्पादन पद्धतिको विकासमा, सन्तुलनमा ध्यान दिनुपर्ने स्पष्ट विचार अघि सारेको छ । यसको लागि शक्ति केन्द्रीकरण गरेर होइन शक्ति विकेन्द्रीकरण वा पृथकीकरण गरेर, बलपूर्वक समाजलाई, जनतालाई थुनेर र अधिकारविहीन बनाएर होइन राजनीतिक स्वतन्त्रता र ग्यारेन्टीगरेर, समाज विकासको नियमलाई स्वभाविक गतिमा प्रवाह हुन दिएर मात्र प्रतिक्रान्तिको सम्भावनालाई रोक्न र नियन्त्रण गर्न सकिन्छ ।
७. जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक गणतन्त्रबीच भिन्नताः
ऐतिहासिक जनआन्दोलन २०६२÷६३ द्वारा निरंकुश राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । राजनैतिक रुपमा सामन्तवादको अन्त्य भएको छ र लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । नेकपा (एमाले)ले सन् २००७ को परिवर्तनलाई जनक्रान्ति स्वरुप ग्रहण गरेको जनआन्दोलन भनेको छ । यो जनक्रान्ति हो भने सामन्तवादको उच्छेद भएर पूँजीवादको स्थापना भएको हो ? यो जनक्रान्तिले सामन्तवादको प्रतिनिधि राजतन्त्रको अन्त्य गरी पूँजीवादको स्थापना गरेको छ भने यसलाई पूँजीवादी क्रान्ति भन्न सकिंदैन र ? यदि यो पूँजीवादी जनवादी क्रान्ति हो भने यो नयाँ खाले कि पुरानो खाले पूँजीवादी जनवादी क्रान्ति हो ? पूँजीपति वर्गले आफ्नो क्रान्तिकारी चरित्र गुमाइसकेको आधुनिक जमानामा यसलाई पुरानो पूँजीवादी जनवादी क्रान्ति भनेर बुझ्नु पर्ने हुन्छ ? के नयाँ पूँजीवादी क्रान्ति पटक–पटक वा चरण–चरणमा हुन सम्भव छ ? यदि यस्तो स्थिति सम्भव छ भने अब नेपाली जनताले जनताको बहुदलीय जनवादी क्रान्ति गर्नु आवश्यक छैन त ? यी यावत् प्रश्नहरुको उत्तर हालसम्म नेपालका कम्युनिष्ट पार्टीहरुले खोजेका छैनन् । यदि यो क्रान्ति जनताको बहुदलीय जनवादी क्रान्तिको सार बोकेको होइन र छैन भने लोकतान्त्रिक गणतन्त्रात्मक समाज व्यवस्था सामन्तवादी वा अर्ध–सामन्ती, अर्ध–औपनिवेसिक कि पूँजीवादी समाज व्यवस्था ? जहाँसम्म २०६५ जेठ १५ गते संविधानसभा–व्यवस्थापिका संसदले अत्याधिक बहुमतले निरंकुश राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको सन्दर्भ छ, यो क्रान्तिको आम र विशिष्ट चरित्र बारे अध्ययन, विश्लेषण गरी निस्कर्ष निकाल्नु पर्ने हुन्छ । लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था स्थापना गर्ने क्रान्तिको नेतृत्व सर्वहारा श्रमजीवी वर्ग र उदार पूँजीपति वर्गले संयुक्त रुपमा गरेका छन् । यसले सामन्तवादको उन्मूलन गरेको छ र पूँजीवादको स्थापना गरेको छ । स्थापित राज्यसत्ताको विकासको दिशा समाजवाद हुने कि नहुने भन्ने विषय किटान गर्न हिच्किचाएको छ । तसर्थ क्रान्तिको नेतृत्व, क्रान्तिको शत्रु, क्रान्तिपछि स्थापित हुने राज्यसत्ता र त्यो समाज व्यवस्थाको विकासको कार्यदिशा समाजवाद कि साम्राज्यवाद भन्ने जस्ता विषयहरुको विश्लेषण गर्दा सारतः यो अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक समाज व्यवस्थाबाट नयाँ पूँजवादी समाजतर्फ संक्रमण भइरहेको राज्य व्यवस्था हो र यसले नयाँ पूँजीवादी जनवादी क्रान्तिको स्वरुप ग्रहण गरेको कुरा बुझ्न सकिन्छ । तसर्थ लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था नयाँ पूँजीवाद उन्मुख संक्रमणकालीन व्यवस्था हो भनेर किटान गर्न सकिन्छ ।
संवैधानिक व्यवस्थाको प्रक्रियाद्वारा जनताको लोकप्रिय जनमत प्राप्त गरी संक्रमणकालीन पूँजीवाद उन्मुख व्यवस्थाको नेतृत्व कम्युनिष्ट पार्टीले गर्नुपर्ने, सामन्तवादको अन्त्यसँगै बाँकी रहेका दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादलाई अन्त्य गर्ने र सर्वहारा–श्रमजीवी वर्ग र पूँजीपति वर्गको संयुक्त अधिनायकलाई अन्त्य गरी जनताको जनवादी अधिनायकत्व स्थापना गरी समाजवादतर्फ संक्रमण गर्ने विकासको कार्यदिशा अवलम्बन गरी जनताको जनवादी (जबज) क्रान्ति सम्पन्न गर्ने कार्यभार नेकपा (एमाले)को काँधमा छ । २०४७ सालमा स्थापित बहुदलीय राजनैतिक व्यवस्थाले जसरी क्रान्तिकारी शक्ति संचय गर्ने बृहद वातावरण तयार भयो, त्यो भन्दा धेरै कुरा हो । लोकतान्त्रिक गणतन्त्रको स्थापनाले जनताको जनवादी क्रान्ति सम्पन्न गर्न अत्यन्त अनुकुल वातावरण सिर्जना गरेको छ । क्रान्तिकारी परिवर्तनकारी शक्तिहरु निर्णायक बन्दैछन् । शान्तिपूर्ण संघर्षकै माध्यमद्वारा क्रान्ति सम्पन्न गर्न सकिने प्रशस्त सम्भावना प्रकट भएको छ । तसर्थ प्राप्त उपलब्धिको रक्षा गर्दै जनताको जनवादी क्रान्ति सम्पन्न गर्ने दिशामा दृढतापूर्वक अघि बढौं ।
८. जनताको बहुदलीय जनवाद र कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण
कम्युनिष्ट पार्टी निर्माणको सवाल ः सिद्धान्त, संगठन र संघर्षमा कसरी एकता प्राप्त गर्ने ? कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण भनेको जनवादी केन्द्रियताको सिद्धान्तको आधारमा सिद्धान्त, संगठन र संघर्षबीचको द्वन्द्वात्मक सम्बन्धलाई स्थापित गर्ने, कायम राख्ने र विकास गर्दै जाने क्रान्तिकारी नेतृत्व विज्ञानको गुदिको सवाल हो । कम्युनिष्ट पार्टीलाई कसरी पुराना रुढीगत परम्परागतबाट मुक्त गरी लोकतान्त्रिक मूल्य–मान्यताद्वारा संचालित विचारात्मक एकता, संगठनात्मक एकता र व्यवहारिक कार्यमा एकता र एकरुपता कायम भएको विचार, संगठन, संघर्ष र शैलीको हिसाबले सक्षम, योग्य र लोकप्रिय पार्टीको रुपमा व्यापक जनसमुदायमा आधारित बनाउने भन्ने सवाल हो । (कम्युनिष्ट पार्टी राज्यसत्ता कब्जा गरी समाज परिवर्तनको लक्ष्य बोकेको पार्टी भएको हुनाले राज्यसत्ता संचालनको लोकतान्त्रिक विधि र मूल्य–मान्यता र सिद्धान्तभन्दा पृथक रहेर दन्त्यकथाका अलौकिक पात्र जस्तो बन्नबाट मुक्त हुनुपर्छ ।) कम्युनिष्ट पार्टीमा संगठनात्मक एकता र व्यवहारिक कार्यमा एकता कायम राख्न विचारमा एकता र एकरुपता कायम गर्नुपर्दछ । विचारमा एकता भएन भने काममा एकरुपता हुँदैन, काममा एकता र एकरुपता भएने भने संगठनमा एकता हुँदैन । त्यासो भए विचारमा एकता ९ग्लष्तथ० कसरी प्राप्त गर्न सकिन्छ ? वास्तावमा विचारमा एकरुपता कायम गर्न हामीले अवलम्बन गर्नुपर्ने संघर्षका रुपहरु, तरिकाहरु र ती मध्ये कुन संघर्ष मुख्य संघर्ष हो भन्ने कुरामा समान धारणा बनाउनु पर्दछ । यसको लागि व्यापक बहस, छलफल गरेर संगठनात्मक निचोडमा पुग्नु पर्दछ । के अहिले यस्तो भएको छ ? यस अतिरिक्त विचारमा एकरुपता प्राप्त गर्न नेपाली क्रान्तिको लक्ष्यप्रतिको एकता वा समान धारणा अत्यन्त महत्वपूर्ण विषय हो । क्रान्तिको लक्ष्यमा एकता हुनु भनेको क्रान्तिको चरित्रबारे क्रान्तिका शत्रु र मित्रबारे, क्रान्तिलाई विकास गर्ने र विजयसम्म पु¥याउने प्रक्रिया वा तरिका (क्रान्तिको बाटो) बारे समान धारणा कायम हुनु हो । यसरी मात्र संगठनात्मक एकता र क्रियात्मक एकरुपता कायम हुन्छ । क्रान्तिमा विचार निर्माण गरिरहँदा हामीले अवलम्बन गर्ने शैलीको महत्वपूर्ण भूमिका हुन्छ । हामीले थुप्रै दार्शनिक र विचारकका पुस्तकहरु, ग्रन्थहरुलाई विचारको आधार बनाउँछौं । अनेकौं देशका क्रान्तिका अनुभवहरुलाई पनि विचार निर्माणमा आधार बनाउँछौं । हरेक विचार, सिद्धान्त, अनुभवका दुईवटा पक्षहरु हुन्छन् । तिनीहरु भनेका सामान्य तत्व र विशिष्ट तत्व सामान्य स्वरुप र विशिष्ट स्वरुप हुन् । यिनीहरुमध्ये हामीले लिनुपर्ने तत्व र स्वरुप भनेको सामान्य तत्व र स्वरुप हुन् विशिष्ट होइन । हामीलाई हाम्रो विशिष्ट सन्दर्भमा काम लाग्ने भनेको अर्को विशिष्ट तत्व र स्वरुप हुँदै होइन । सामान्य तत्व सार्वभौमिक र सर्वकालिन हुन्छन् । तर विशिष्ट तत्व भनेका समय, परिस्थिति, स्थान सापेक्ष हुन्छ । तसर्थ कुने क्रान्तिकारी अनुभवमा सामान्य तत्व र विशिष्ट तत्व दवैलाई ग्रहण गर्ने शैलीलाई त्याग्नु पर्दछ । यसले विचारमा अनेकता उत्पन्न गर्दछ । भ्रम र अन्यौलता सिर्जना गर्दछ । हाम्रो बाटो अल्मल्याउँछ । माक्र्स, एंगेल्स, लेनिन, माओ, किम इल सुङ, क्यास्ट्रो लगायतका नेताहरुका विचारको विश्लेषणात्मक अध्ययन गर्ने, तिनिहरुमा रहेका हामीलाई क्रान्तिमा मार्गदर्शन गर्ने सामान्य तत्व, सामान्य स्वरुपसँग विशिष्ट तत्व र स्वरुपलाई विभेद गरी सारपूर्ण तत्व ग्रहण गर्नुपर्दछ । यसरी मात्र हाम्रो मार्गदर्शक सिद्धान्त सामान्य सत्य हो, विशिष्ट सत्य होइन भन्ने कुरा बुझ्न सकिन्छ । मार्गदर्शक सिद्धान्तमा एकरुपता प्राप्त गर्नका लागि माक्र्सवाद–लेनिनवादका सामान्य सत्यलाई ग्रहण गर्नुपर्दछ । त्यसले बनाएको दृष्टिकोणमा हाम्रो अडान स्पष्ट हुनुपर्दछ । ढुलमुल भएमा अन्यौलता उत्पन्न हुन पुग्दछ । मार्गदर्शक सिद्धान्तप्रतिको हाम्रो दृष्टिकोण र अडानले हाम्रो कार्य परिस्थिति र कार्यसूचीका परिप्रेक्ष्यबाट ठोस रुप प्रदान गर्न सकिन्छ । यसका साथै विचारत्मक र संगठनात्मक एकताको निम्ति लक्ष्य प्राप्त गर्ने वस्तुगत परिस्थिति र वर्गसंघर्षको विद्यमान अवस्थाबाट क्रान्तिलाई अघि बढाउने मूलनीति र तरिकामा एकता हासिल गर्नुपर्दछ । परिणामतः राजनैतिक कार्यदिशा, संगठनात्मक कार्यदिशा र संघर्षको कार्यदिशामा समान मान्यता र समान विचार बनाउन सकिन्छ । पार्टीभित्र विचार, संगठन, संघर्षमा एकता र एकरुपता प्राप्त गर्न न त पार्टीभित्र अवलम्बन गरिने संकीर्णतावाद र अतिकेन्द्रियतावादबाट सकिन्छ न त उदारवाद र स्वच्छन्दताबाट नै सकिन्छ ।
९. कम्युनिष्ट पार्टीलाई जनआधारित राजनैतिक पार्टी कसरी बनाउने ?
विश्व कम्युनिष्ट आन्दोलनभित्र पार्टी निर्माणका रुप र तरिकाहरुमा अत्यन्त विविधता र भिन्नता छ । आ–आफ्नो मुलुकको क्रान्तिका महान अभियानका दौरान उत्पन्न भएका परिस्थिति, चुनौती र समस्याहरु यसका लागि जिम्मेवार मान्न सकिन्छ । तर जुनजुन मुलुकका कम्युनिष्ट पार्टीले आफ्नो मुलुकको विशिष्टतालाई नजरअन्दाज गरी अरुका विशिष्टतालाई सामान्यकृत गर्दै त्यसलाई नै सत्य मान्ने गल्ती गरे त्यसले कम्युनिष्ट आन्दोलनलाई असफलतामा पु¥यायो । कम्युनिष्ट आन्दोलन बद्नाम भयो र यसले नचिताएको परिणाम ब्यहोर्नु प¥यो । कतिपय मुलुकहरुमा कम्युनिष्ट पार्टी युद्धमा जन्मियो, युद्धमा हुर्कियो र युद्धैद्वारा सफलता प्राप्त ग¥यो । यस्ता मुलुकका कम्युनिष्ट पार्टीहरु स्वयं युद्ध लडिरहेका हुनाले सैनिक संगठन जस्ता बनाइए र बनाउन बाध्य भए । वास्तवमा कम्युनिष्ट पार्टी सैनिक संगठन होइन । कतिपय मुलुकमा क्रान्तिको सफलता पश्चात कम्युनिष्ट पार्टीहरु सत्तारुढ भए । बहुदलीय प्रतिस्पर्धीको प्रणाली अपनाउँदा प्रतिक्रियावादीहरुले षड्यन्त्र र ध्वंस गरी प्रतिक्रान्ति वा पुनरोत्थान गर्न सक्ने डरले कम्युनिष्ट पार्टीहरुलाई राजकीय पार्टी ९क्तबतभ इााष्अष्ब िएबचतथ० बनाएर एब्लो वीर बने । वास्तवमा कम्युनिष्ट पार्टी राजकीय पार्टी पनि हुन सक्दैन । कतिपय मुलुकमा पार्टी अवैध ढंगले भूमिगत शैलीमा काम गर्नुपर्ने परिस्थितिले कम्युनिष्ट पार्टी सानो आकारको इमान्दार र त्यागी कार्यकर्ताहरुको ९ऋबमचभ द्यबकभम एबचतथ० पार्टी बनाइयो । तर यो अभ्यास पनि परिस्थितिको वाध्यता मात्र थियो, रहर थिएन र यो पार्टी निर्माण र संचालनको आम विषय थिएन । कतिपय मुलुकमा कम्युनिष्ट पार्टीहरुले आपूmलाई चुनावको बेला गतिविधि गर्न ःबकक एबचतथ को रुपमा मात्र संगठित गरे । वास्तवमा यी सबै कुराहरु विशिष्ट परिस्थितिजन्य अभ्यासहरु थिए । तर विश्व कम्युनिष्ट आन्दोलनमा यी विषयहरुलाई आम बनाइयो । त्यो माक्र्सवाद–लेनिनवाद सिद्धान्त सम्मत थिएन ।
तसर्थ नेकपा (एमाले)ले कम्युनिष्ट पार्टीलाई राजनैतिक संगठनको रुपमा जनताको सुख, दुःखमा सहभागी, वर्गसंघर्षका सबै रुप र तरिकाहरुमा घामपानी झेलेको, व्यापक जनसमुदाय आधारित जन–अनुमोदित असल, योग्य कार्यकर्ताको पार्टी ९ःबकक दबकभम ऋबमचभक एबचतथ० बनाउने नीति लिएको छ । तसर्थ कम्युनिष्ट पार्टीका गुण, अवगुणहरु जनताको अनुमोदनको विषय बनाइनुपर्छ । कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुको गुण, अवगुणहरु जनसमुदायका मूल्याङ्कनको विषय बनाइनुपर्छ भन्ने मान्यता अघि सारेको छ । त्यसको विशिष्ट पक्ष भनेको राज्यसंचालनमा जाने नेता, कार्यकर्ताहरु लोकप्रिय जनमतद्वारा अनुमोदित भएको हुनुपर्छ । त्यसैगरी पार्टी संचालन गर्ने नेता, कार्यकर्ताहरु सार्वभौमसत्ता सम्पन्न पार्टी सदस्यहरु र तिनीहरुको प्रतिनिधिद्वारा अनुमोदित भएको हुनुपर्दछ ।
तर के हाम्रो सिद्धान्त र व्यवहारमा एकरुपता देखिएको छ ? हाम्रो पार्टीको अहिलेको समस्या भनेको सिद्धान्त अनुरुपको व्यवहार छैन भन्ने व्यापक जनगुनासो छ । यसलाई कसरी समाधान गर्ने ? यो आरोपबाट कसरी मुक्ति पाउने ? पशुपतिनाथको कृपाले ? या हाम्रो आत्मालोचनात्मक व्यवहारिक सुधारले ?
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्