Monday, March 14, 2011

कोरियामा अबैधानिक रुपमा बसेका बिदेसी नगरिकलाई बैध भीषा दिने

सिउल ,  दक्षिण कोरियामा अबैधरुपमा बसेका बिदेशी कामदारहरुले एम्नेष्टी इन्टरनेशनल मार्फत आफ्नो नाम सूचीकृत गराए भने वैध भिषा प्राप्त गर्ने भएका छन् । अबैध बसेको अबधि दश बर्ष पुगेको भएमात्र यस्तो सुबिधाको दावी गर्न पाइने भएको छ । यसरी दश बर्ष भन्दा बढी कोरियामा बसेका चिनियाँ नागरिकहरुले भने गत साताबाट यो सुविधा पाएको एम्नेष्टीले जनाएको छ ।
सामान्यत ५ वर्ष भन्दा पछि कुनै ठाउँमा बसेको छ भने उक्त भूमिमा स्थायी बसोवास गर्ने अधिकार पाउनुपर्ने आबाज अन्तराष्ट्रियरुपमा उठिरहेको सम्वन्धमा विभिन्न देशहरुले यसलाई मान्यता दिने तथा सम्मान गर्ने गरेका छन् । २० औँ बर्ष कोरियामा बसेर यहाँको आर्थिक विकाशमा टेवा पुर्याउदै आएका बिदेशी कामदारलाई यहाँको सरकारले पक्राउ गर्दै देश निकाला गर्ने गरेको छ ।
हालै राष्ट्रिय तथा अन्तराष्ट्रिय दवावबाट दश वर्ष भन्दा बढी बस्नेलाई कोरियामै बसोबासको स्वीकृति दिने निर्णय भएको हो । तर यो अधिकार हाल चिनियाँ नगरिकहरुलाई मात्र दिएको छ । विदेशी पासपोर्ट बोक्ने जोसुकैले पनि समान अधिकार पाउनु पर्नेमा चिनियाँलाई मात्र दिएको भन्दै त्यसका लागि दबाब दिन मानवअधिकारबादी संस्थाहरुले नामावाली संकलन थालेका छन् ।
यसरी अबैधरुपमा कोरिया बसोवास गरि दश बर्ष पुरा भएका नेपाली नागरिकलाई पनि उक्त अधिकार दिलाउन नेपाली संस्थाहरु लागि परेका छन् । नेपाली सम्पर्क समितिका अध्यक्ष डेविट राईको पहलमा डाटा संकलन भैरहेको जानकारी प्राप्त भएको छ ।

1 comment:

आफ्नो प्रतिक्रिया दिनुहोस्