१९ जेठ, काठमाडौ, आज जेठ १९ गते, अर्थात नेपाली राजनीतिको इतिहासमा कालो दिनका रुपमा सधै सम्झना भइरहने राजदरबार हत्याकाण्ड भएको दिन । २०५८ साल जेठ १९ गते मध्यरातमा भएको अकल्पनीय हत्याकाण्डमा तात्कालीन राजा वीरेन्द्र, एश्वेर्य, युवराज दीपेन्द्रसहित राजपरिवारका १० सदस्यको ज्यान गएको थियो ।

राजा वीरेन्द्रको वंशनाश भएको घटनाको दस वर्ष बित्दासमेत हत्याकाण्डबारे पत्यार लाग्दो सत्य बाहिर अझै बाहिर आउन सकेको छैन । खासगरी तत्कालीन समयमा जनयुद्ध सञ्चालन गरिरहेको नेकपा माओवादी र मुलुकको ठूलो जनमतले हत्यामा वीरेन्द्रका माइला भाई ज्ञानेन्द्र र उनको छोरा शाहज्यादा पारसको हात रहेको आरोप लगाएका थिए ।
हत्याकाण्डगत्तै राजगद्धीमा बस्न सफल भएका ज्ञानेन्द्रले ०६२-०६३ को संयुक्त जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेलगत्तै दरवार छोडेका थिए । दण्डहीनताको मुख्य केन्द्र राजदरवार रहेको बताउने एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनमार्फत पहिलो ठूलो दलका रुपमा स्थापित भएर सरकारको नेतृत्व गरेपछि पनि दरवार हत्याकाण्डको स्वतन्त्र छानविन गर्ने बारे चासो दिएको छैन । माओवादीले हत्याकाण्डलगत्तै परम्परागत राजतन्त्रको विधिवत अन्त्य भएको निष्कर्ष निकाल्दै गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्ने बताएको थियो ।
कतिपय राजनीतिक विश्लेषकहरुले २ सय ३६ वर्षसम्म एकछत्र राज गरेको राजतन्त्र अन्त्य हुनुमा दरवार हत्याकाण्ड प्रमुख कारण रहेको बताउँदै आएका छन् ।
हत्याकाण्डपछि २०४६ सालको संविधानले दिएको संवैधानिक राजतन्त्रको दायरा नाघेर एकाएक सक्रिय भएका ज्ञानेन्द्रको कार्यशैलीका कारण संवैधानिक राजतन्त्रलाई आदर्श मान्दै आएका नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरु गणतन्त्र प्राप्तिका लागि जनयुद्धमा रहेको माओवादीसँग १२ बुँदे समझदारी गर्न पुगेका थिए । सोही समझदारीका आधारमा भएको दोस्रो जनआन्दोलनले नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको हो ।
आज १० बर्ष बीती सक्दा पनि राज्यको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैना .
आज १० बर्ष बीती सक्दा पनि राज्यको तर्फबाट कुनै आधिकारिक धारणा आएको छैना .
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्