Saturday, June 4, 2011

नेकपा माओवादीका नेताहरुको सुरक्षार्थ खटिएका लडाकूका साथमा रहेका हतियार अस्थायी शिविर पठाउने तयारी गरियो

२२ जेठ, काठमाडौ , आन्तरिक रुपमा धेरै  विवादका बावजुद पनि एकीकृत नेकपा माओवादीका नेताहरुको सुरक्षार्थ खटिएका लडाकूका साथमा रहेका हतियार अस्थायी शिविर पठाउने तयारी गरिएको छ । गत बुधबार बसेको पदाधिकारी बैठकले दोहोरो सुरक्षा व्यवस्था अन्त्य गर्दै नेताका सुरक्षामा खटिएका लडाकूलाई फिर्ता पठाउने निर्णय गरेको थियो । नयाँबजार स्रोतका अनुसार अध्यक्ष प्रचण्डको निवास नयाँबजारमा जम्मा गरिएका हतियार आज चितवनको शक्तिखोर स्थित मुख्य शिविर पठाउने तयारी गरिएको छ ।
स्रोतका अनुसार प्रचण्डको सुरक्षामा खटिएका लडाकूका डिभिजन सहायक कमाण्डर युवराज दुलाल ‘शरद’ को नेतृत्वमा करिब ४० लडाकूले आज हतियार चितवन लान लागेका हुन् । ती हतियार चितवनस्थित तेस्रो डिभिजन कमाण्डर धनबहादुर मास्के ‘राजेश’ लाई हस्तान्तरण गरिने बुझिएको छ । सुरक्षामा खटिएका लडाकू फिर्ता पठाउने पार्टी निर्णयमा असहमति जनाउँदै आएको वैद्य पक्षका नेताहरुले भने हतियार फिर्ता गर्न मानेका छैनन् । वैद्य पक्षले नमाने पनि जम्मा भएका हतियार भने चितवन लगिने नयाँबजारस्थित एक कमाण्डरले अनलाइनखवरलाई जानकारी दिए । माओवादी नेताका सुरक्षामा खटिएका करिब १०६ लडाकूसँग साना ठूला गरी ९६ हतियार छन् ।
हतियार पठाइएपनि लडाकूलाई भने केही दिन काठमाडौँमै राखेर सामूहिक विदाई कार्यक्रम गरी पठाउने तयारी भइरहेको माओवादी स्रोतले जनाएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्